Posts

Showing posts from 2020

ठक्कर

 म सम्झन्छु म कहाँ ठाेक्किएँ र मेरा सपना कहाँ ठाेक्किए बाटाे हिड्दा गल्लि गल्लिमा  अझ भनाैँ सानाे ढुङ्गामा  समेत म ठाेक्किँदा  मेरा सपना पनि सँगै हुन्छन् मनकाे बजारमा छरपष्ट छरिएर  लड्दै पनि हिडिरहेका छन् आँखा बन्द गर्छु।  हिड्दा झाेलामा समेटेका  सपना सम्झन्छु। कहाँ कहाँ टुक्रिएनन् यिनिहरु कुरा काट्नेहरुकाे प्रत्येक  कुराहरुमा, अभावकाे भुमरीमा  तृष्णाले छटपटिएका  हरेक रातहरुमा पीडा,दु:ख,वेदना अझ भनाैँ बर्षा/भेल,चिसाे गर्मी  सबैले थिचिरहेकाे ठान्छु कतै अपमानले तिरस्कृत   दिनकाे उज्याराे र  मनकाे अन्धकारमा। प्रत्येक पाईलाहरुकाे  डाेब डाेबमा बिझाउने  तिखा ढुङ्गाहरु छरिएका  काँडाहरुमा खुसीकाे पर्खाई गर्दै  पिढिमाँ बिताएका  अँधेरी रातहरुमा  म वर्णन गर्न सक्दिन  म कहाँ ठाेक्किएँ  अनि कुन ठाेक्काइलाई  ठक्कर भनुँ।

आमा (कबिता)

Image
 तिमिले घाँस र दाउराकाे  भारीसँगै पाइला चाल्ने  बाटाेबाट दूध ओसार्ने  माेटर कुद्ने गर्छ। गाउँमा  बिमारी बाेक्ने गाडी पनि  पुग्न थालेकाे छ। जन जनमा केही हद  चेतना फैलिएकाे छ तिमी झैँ बिमारी पर्दा  झाँक्रीकाे भर परेर  मर्नु पर्दैन। तिमीले बाेक्ने घनघनेकाे  पानी त उहिल्यै  बिरानाे भैसक्याे  सिस्नेरीकाे धारा घर  घरै अाउँछ। धान काट्ने र  माड्ने मसिन पनि  अाइसक्याे। कामले कक्रक्क पर्ने  हातहरुले केही  सहजता पाएका छन्। यो सबै भोग्न तिमी छैनौ आमा...!! तिमिले झैँ रातकाे तीनबजे  उठेर राती दस बजे सम्म  दहि,दूध र घ्यू बेचेर पचास रुपियाँ लिएर  घर फर्कनु पर्दैन। बा ले अफ्ठ्याराे ठाउँमा  बनेकाे घर बेचेर  सजिलाे ठाउँमा  किन्नुभएकाे छ। तिमिलाई मन पर्ने फलफूल  सुन्तला, आँप, नास्पति, केरा सबै हाम्रै बारीमा  सिजन अनुसार लटरम्म  फल्छन्। हाम्राे खुसीमा एउटै  अभाव छ  त्याे तिमी हाै आमा...!! ठुला भएपछि कस्ता हाेलान्  भन्दै छाेराछाेरीलाई  कराउने तिमी  साँच्चिकै ठुला भैसके चाेइटिएका मुटु सम्हाल्ने, आँखा चिम्लेर विश्वास लाग्नेले  आँखा खाेलिदिन्छन् भन्ने  भाव पनि परै बाट  पढ्न सक्ने भएका छाैँ। पाेहाेर तिम्रा माइत

कविता "तिमी सिपाही"

Image
 "तिमी सिपाही" शिरमा ढल्किएकाे टाेपी  हातमा छडि  चिटिक्क पहिरन  आँखामा देश बचाउने, अन्याय मेटाउने जस्ता सपनाहरु सजिएका। कार्य भारकाे आदेशमा खटिएकाे दाँया हात छट्काउँदै शिर सम्म पुर्याइ  अभिवादनकाे एक ओजनदार  "जय नेपाल" तिमी प्रहरी....!!        "तिमी सिपाही" सरकारकाे सिन्दुर पहिरेर  दुलहि जस्तै बनेकाे तिमी  स्वयम् काे रहर, चाहना देखाउन पाउदैनाै कतै हत्यारा हरुकाे भिडमा रहनुपर्छ कतै निर्दाेशलाइ कुट्नुपर्छ कतै देश द्राेहीलाइ काखी च्याप्नु पर्छ  बस् यत्ति हाे तिमीले सकेसम्म  आफु मरेर अरुलाइ  बचाउनु पर्छ...!!    "तिमी सिपाही" वास्तवमा तिमी अभिभावक हाै  सम्पूर्णकाे रक्षामा अहाेरात्र खटिने परिचय झल्काउने पाेसाक सँगै सडककाे धुलाे तिम्राे पहिरन सबैलाइ न्याय दिलाउने, झुट नबाेल्ने जस्ता अनेकाैँ  कसमकाे वजन अाफ्नाे जीवन सेवामा समर्पण गर्ने  इमान्दारीता।  अँह शब्दमा बयान गर्न सकिँदैन सबै तिम्राे त्यागहरु....!!      "तिमी सिपाही" भरि बन्दुककाे भारी बाेकेर सँधैँ हिड्छाै  तर आफुलाइ अन्याय पर्दा आदेश बिना  तेर्स्याउन सम्म सक्दैनाै/ पाउँदैनाै तिमिलाइ चाड

गजल

जीउनु पनि अब यहाँ कष्ट हुँदैछ आशाकाे किरण पनि नष्ट हुँदैछ।। सपना नदेखुँ भन्छु मननै मान्दैन तेसकै असफलता छरपष्ट हुँदैछ।। उत्तरकाे आशामा समाजमा हिड्छु महङ्गीले पारेकाे प्रभाब प्रष्ट हुँदैछ।। गरिब हुनुनै गल्ती भयो यो दुनियामा लाग्छ यहाँ देशनै स्वयम् भ्रष्ट हुँदैछ।।

गजल तीन सेरमात्र (भेटिन्छन्)

आखिर एकदिन सबै याे माटाेमा भेटिन्छन घृणित नजरले मायाकाे साटाेमा भेटिन्छन्।। काेही साँचाे प्रेमले विश्वास सुम्पने पनिछन् याद मनभित्र राख्ने हरु पाटाेमा भेटिन्छन्।। सफल जिन्दगी त धाेकेबाज हरुकै रहेछ यहाँ भुल्ने काेसिसमा रहेकाहरु बाटाेमा भेटिन्छन्।।

मुक्तक(लिएर आयो)

मन्द मन्द हावाले शितलकाे राप लियर आयाे शिशिर को अन्त्य मा केहि ताप लिएर आयो।। जब एउटा रितुसँगै गाँसेका नाताहरु ताेडियभने उसँगैकाे बिछाेडमा मनले सन्ताप लियर आयाे।।

भावना(आँसु)

        आँसु अनेकाैँ बेदना पाेख्ने माधययम अनि सुखमा समेत छिटाे भावना बुझेर झरिदिने यी आँसुका ढिक्काहरु झर्दैगर्दा गालाकाे मध्यभागबाट  सितलता छर्दै र सान्त्वना भर्दै ओठमा ठाेक्कीयर नुनिलाे स्वाद दिन पुग्छन्।।। न पिउन नै सकिन्छ न त नकार्न तैपनि प्याराे साथी आँसुनै मानिन्छ।।

गजल(धाेका दियाे)

काँडाबाट बच्दै थिए फुलले नै धाेका दियाे आफ्नाे श्रृष्टिनै नासेर कुलले नै धाेका दियाे।। विश्वास गर्ने मान्छे अनि मन्दिर केही रहेनन् आधार स्तम्भ मान्दा पुलले नै धाेका दियाे।। फुल बनेर बिश्वास जित्याे काँडालाई घुरिरहेँ मायाकाे प्रतीक धारण मुलले नै धाेका दियाे।। काँडाले त आफ्ना सबै बाचाहरु पूरा गर्याे विश्वासरुपी तगाराेकाे झुलले नै धाेका दियाे।।

गजल

मृत्यु पछि तिमी मेराे लास माथी टेकेर जाउ  अब कहिल्यै नसम्झने गरि कसम खाउ अब।। मेराे लास जलीरहँदा रमाउनु उफ्रीयर धेरै हाम्राे बिछाेडमा खुसिकाे गित गाउँ अब।। तिम्राे कुनै रहर मैले पूरा गर्न सकिन  हेर तेसैलेत मेराे कात्राेकाे दृश्यमा रमाउ अब।। विश्वासकाे दिपमाथी जलायाै मलाइ यहाँ मेराे खरानी सँग रम्दै जताततै छाउ अब।।

मुक्तक(चाल पाएँ)

कसैकाे अन्याैलतामा छुटिदा पाे चाल पाएँ आफ्ना सँग  आफैै लुुुुुुटिदा  पाे चाल पाएँ।। तिम्रा ती नयन पनि झुटमा तगडा भएछन् अहाेरात्र तिम्राेलागि कुटिँदा पाे चाल पाएँ।।

मुक्तक

मलाई थाहा छ सब तिमी कुरा नगर महलकाे अनिन्द्रामा कुण्ठित रहर सँग नछर महलकाे एश आरामकाे जिन्दगिभित्र लुकेका पीडाहरु मेराे मष्तिष्कमा अबधेरै हावा नभर महलकाे

गजल(जून भई आउ)

अन्धकारलाई पन्छायर जुन भई आउ सँगीतकाे मिठाे स्वरमा धुन भई आउ।। माया प्रेमकाे कसिलाे बन्धन  बनाएर मैले मात्र लाउन पाउने सुन भई आउ।। सफल जीन्दगी जीउने बरदान मागाैँला सुरुवातमा विश्वासकाे सगुन भई आउ।। एकआपसमा धेरै कुरा साटासाट हुनेछन् तिमिबिना जीवन अलिनाे नुन भई आउ।।

गजल(फाँडेर जाउ)

मेराे देश तिमीलाई सुम्पीय अब फाँडेर जाउ कि तिम्रा उत्कण्ठाहरु पनि यहिँ छाडेर जाउ।। सक्छाै त बनाउ देश,पुर्खाकाे बलिदान छ यहाँ असमर्थ ती पाखुरीका बल भुमिमै गाडेर जाउ।। अवगतछ त्याे खुकुरीकाे धारले तिमि ताक्दैछ नखरा नदेखाउ बरु बास्तविकता माडेर जाउ।। शहिदहरुले आफु मरेर सिङ्गाे सुम्पेकाे देश हाे उपती पार्न नसक्ने तिमीहरु याे बाँडेर जाउ।। गाेर्खाली उपमाकाे ब्यङ्ग्य गर्दैछाै तिमि आफै आफुले आफु बिकाउँदै देशलाई ताडेर जाउ।।

गजल

कस्ताेछ भनेर जीन्दगीकाे हाल नसाेध झुप्राे मै बस्ने गर्छु अझै  बहाल नसाेध तिमी त महलकाे माथी राज गर्दैछाै रे गरिबीले मलाई  दिएकाे छाल  नसाेध पैसा खाँदै पैसामै सुत्ने गर्छाैहाेला तिमी जाउ  अब याे अवस्था पल पल नसाेध

भावना

  महशुस याे खुल्ला आकाशले सँधै हेरिरहन्छ खै तेसले मेराे खिल्लि गरे झैँ लागिरहन्छ। आफ्नाे स्वतन्त्रताकाे फुस्राे ढाेङ देखाउँदै। अनि मेराे जेलियकाे परिस्थिति केलाउँदै। के साेच्दाे हाे तेसले भन्दै म पनि बेला बेलामा उसैलाई हेरिरहन्छु। उसले ईर्ष्या गरेरै हुनुपर्छ सायद म तापले सेकिदै डढेका बेला पानी दिने सम्म आँट गर्दैन अनि म लुथ्रुक्क भिजेकाे बेला ओढ्ने छाता दिदैन ।। निर्दयी बनेर तमासाकाे पात्र बनिरहन्छ। तर उ तेति निर्दयी भयपनि म जिन्दगि देखि हार मानेर उ तर्फ हेर्दछु केही शितलता  थपिदिय झैँ लाग्छ। म उदासिनता सँग लड्दै केही  आँट माग्न उ तर्फ हेर्छु तब  आँखामा पानी भरिदियर भावना थपिदिय झैँ लाग्छ।

गजल

पर्ख प्रिय केही दिन प्रलय आयकाे छ डर लाग्दाे भुमरी संसारमा छाएकाे छ।। अरु दुःख कम थियाे र हामीलाई यहाँ प्लेनचढेरै महामारी दैलाेमा धाएकाे छ।। दुई  चार  दिन आधा पेट खाएरै सुताै बाहिरगय डस्नसक्छ उ तिर्खाएकाे छ।। यस लाई कतै बास दिनु हुन्न हामीले दुधेबालक त आमाबाट छुटाएकाे छ।।

तिम्रो गर्भ तुहाउ आमा(कविता)

Image
गर्भकी छाेरीकाे आह्वान "तिम्राे गर्भ तुहाउ आमा!" मलाइ गर्भमै नष्ट गरिदेउ आमा म जन्मेर बाटाे घाटाेमा हिड्न पाउदिन मेराे अनुहारमा एसीड छ्यापिन्छ। मलाई स्वतन्त्र हिड्न पाउने अधिकार छैन अरु कसैलाइ मन नपराेस् भनेर  आफ्नाे नितान्त आफ्नाे शरिरकाे  अंग जसरी हक जमाइन्छ। त्यसैले  "तिम्राे गर्भ तुहाउ आमा!" दाइजाे नहुनु, श्रीमान तथा बुवा आमाकाे  अल्प आयु  तथा राेग र दुर्घटना द्वारा अन्त्य  जीवनकाे आराेपित भागिदार।, छाेराे नपाउनुमा दाेष, श्रीमानकाे सेवामा कमि हुनुकाे दाेष राेग लाग्नुकाे दाेष  सबै अँगालेर हिड्न सक्दिन। त्यसैले "तिम्राे गर्भ तुहाउ आमा!" कसैकाे याैन तृप्तिकाे भाडाे बन्नु पर्छ कसैकाे छाेराछाेरी पाउने मसिन बन्नु पर्छ  अझ चित्त नबुझे छुराकाे धारबाट भाेग लाग्दै  टुक्रा टुक्रा हुनु पर्छ। कहिँ जिउदै जल्नु पर्छ कहिँ डाेरीमा झुण्डिनु पर्छ कहिँ मुटुमा अनेक ज्वारभाटा बाल्नु पर्छ कहिँ नदिमा बग्नु पर्छ  कहिँ अाफ्नाे जीवन आफै सक्नु पर्छ कहिँ सम्पत्ती माेहमा गड्नु पर्छ कहिँ बन्द काेठामा सड्नुपर्छ त्यसैले "तिम्राे गर्भ तुहाउ आमा!" कतै अाफ्नै सन्तान भनिदैन  कतै

गजल

उमेरकाे गाला सँग जवानी कति साट्छाै साट बिग्रेकाे चाला सँग जवानी कति साट्छाै  साट।। अस्तित्वकाे ढाेका उघारेर चियाउँछाै यताउता रगड्दै छाला सँग जवानी कति साट्छाै  साट।। मन्द मुस्कानलाई पैसासँग दाँजेर जे पनि गर्छाै गन्हाउने नाला सँग जवानी कति साट्छाै साट

गजल

Image
गजल तिमी आउनु मेराे दिलकाेढाेका उघारी राख्छु लुटिएकाे खुसी पुनः एकपल्ट गुहारी  राख्छु।। राधा कृष्ण जस्तै  अमर  रहाैँला  सदा  यसरी म तिम्री प्रेमिका तिमीलाइ मेराे मुरारी राख्छु।। नयनले  चियाउदा  मस्तिष्क बिथाेलिन्छ  मेराे चित्त शान्ति गराउछु तिमीलाइ पुजारी राख्छु।। याे माैसम  बेइमानी बन्छ घरिघरि  रुझाउँछ रुझ्न  दिन्न  काेमल बदन अब सियारी राख्छु।। मानवताकाे खडेरी छ तिमी उतै  ढल्ने  छैनाै विश्वासकाे पूजामा स्वयमलाइ कुमारी राख्छु।।

गजल

गजल सम्मान बिनाकाेनै सलामीकाे के काम हजुर मुखलेनै  ठिक्कपार्ने दामीकाे के काम हजुर।। जीउँदाे हुँदा सम्म एकान्तले गिज्याउँछ भने मृत्युपछि जाने ती मलामीकाे के काम हजुर।। मान  छैन  सम्मान  छैन  नसुहाउने पारा हुँदा पहिचानमा खाेटभए नामीकाे के काम हजुर।। दिलकाेपुर्जामा आफ्नैमात्र हस्ताक्षर चाहान्छाै वचनमा मात्र सिमित हामीकाे के काम हजुर।।

गजल

बाध्यतामा उतारिन्छ मजेत्राे चाेखाे तन रहेन खाेक्राेबन्छ अस्तित्व यहाँ सरल जीवन रहेन।। छाेरीथिएँ जिद्दिगर्दै कपडा फेरिफेरि लाउथेँ आज आमा हुँ अब सुहाउदाे पहिरन रहेन।। तँ पनि मेरै लागि धेरै महङ्गाे रहेछस् जीन्दगी खुब रमाउनेे आशा सकियाे आश्वासन रहेन।। प्रगतिचिर्ने काेसिसमा धेरै अघिपछि हुन्छन् रे दुर्गति  चिरिदिने  काेहि  नहुँदा दुस्मन  रहेन।। रुप,बैँस सबै हुँदा प्रकृति ईर्ष्या गरेझैँ लाग्थ्याे परिस्थिति अर्कै भयाे त्याे सुन्दर वदन रहेन।।

"हाे म तेहि छाेरी मान्छे" (कविता)

  "हाे म तेहि छाेरी मान्छे" "हाे म तेहि छाेरी मान्छे।" धर्तिमा काेमल पाउ पर्दै गर्दा लिङ्ग साेधिएकी छाेरी उच्चारणमा मुटुमा वस्तु बान्ने दाम्लाे जत्रै गाँठाे पारिदिएकी।। सन्तानकाे खुसीयालीमा बा काे निधारमा र ती अवीर लाइदिने हरुकाे मनकाे दाेधारमा। असमन्जसता  उत्पन्न गरिदिएकी ।      "हाे म तेहि छाेरी मान्छे।" आफ्नाे बाटाे हिड्दै गर्दा। कसैसँग दुई शब्द बाेल्दै गर्दा। संकाकाे घेरामा समाजकाे जालमा फस्ने। अनि खुला किताब सँग अश्रुधारा बगाउँदै बस्ने। आफ्नाे जीवनकाे माेल भुल्दै गरेकी   "हाे म तेहि छाेरी मान्छे।" जहाँ काम नबन्दा पाउने लान्छना भाग्यमा जाेखेर हिड्नुपर्छ।। जन्म,मृत्यु,घटना वा दुर्घटना सबैकाे जिम्मा शिरमा बाेकेर हिड्नुपर्छ। साेचाईकाे घेराबन्दि भित्र सिमित रहेर। सपनाकाे त्यागमा सँधै निश्चित रहेर। अनेक संघर्षमा बाँच्ने ।      "हाे म तेहि छाेरी मान्छे।" कार्यभारमा सँधै अघि हुनुपर्छ। छाेरीमा सहनशिलता भरिनुपर्छ। शिल स्वभावमा राखेर सपनाकाे बलिदानी। अनि यस्तै यथार्थमा पुरीएकाे जिन्दगानी । रहरहरुकाे बृद्धपनमा

गजल

पाेहाेर त्याे घरलग्याे अहिले आमा लैदियाे बाढी आयाे उर्लेर  मेरै  पाईजामा लैदियाे दैव कति निष्ठुरी छ पालै पालाे पीडादिन्छ बिषाणुकाे वंशआयाे र आफ्नै मामा लैदियाे सबैकाे प्रिय भगवानकाे पनि  प्रिय  हुने याे भाेकथेग्न सकेनभन्दै सुदामा लैदियाे सूक्ष्म  बनेर  किन  सक्रिय  हुँदैछ  यसरी? भर्खरै भूमि टेकेका चिचिला तामा लैदियाे

गजल

म लड्दा कसैले उठाउने आशा राख्दिन  म आफुभन्दा अन्यकसैकाे भराेसा राख्दिन म।। मिहिनेतले जे पाएँ तेस भित्रै खुसी खाेज्छु कसैकाे अभावमा कतै निराशा राख्दिन म।। खै किन याे  जिन्दगी अभिनय गर्छ म सँग बाहनामा उसले जस्तै तमासा राख्दिन म।। नियतिले राेपेका खन्जरहरु आलाे नै छन् दुखाई भराेस् भन्ने अभिलाषा राख्दिन  म

गजल

कैयाैँ सपना टुटेछन् भन्छ पाटाेमा भेटेकाे साथी खाेला खहरे अनि  एउटै माटाेमा भेटेकाे साथी छुट्नु  पर्दा  मनकाे  कुनामा  ऐठन  पर्दाे  रहेछ दुःखसुख भारी बिसाउने साटाेमा भेटेकाे साथी एक कल सम्म गरिन भन्दै गुनासाे पाेख्ने गर्छ  बच्चामा धुलाे खेल्दै लुगाफाटाेमा भेटेकाे साथी आमा लाई  दियकाे  वचन पूरा गर्न  त सकिन  उनी त जीवनकाे बिच  बाटाेमा भेटेकाे  साथी 

गजल

आउ हातमा काम र मुखमा राम लिएर आउ निराशा नै तुहाउने आशा तमाम लिएर आउ।। सन्तुष्टिनै ठुलाेकुरा हाे भन्छन् रे बिज्ञहरुले त तिमी त्याे मन बुझाउने तामझाम लिएर आउ।। मरेर जाँदा सँग सँगै लाने केही छैन है साथी बिचारमा वजन धनमा लिलाम लिएर आउ।। दिन दुःखीहरु तिम्राे धेरै आशागर्दै बसेकाछन् आशिष पाउने सेवामुलक काम लिएर आउ ।।

देख्ने रहर (कथा)

Image
                  देख्ने रहर घ रकाे अगाडि निर्मित सानाे चाैकाबाट बिहानीकाे मिठाे बताससँगै  छिँडिभरकाे आकाश चियाउँदै थिएँ। दाहिने हातमा चियाकाे कप राखेर चियाका प्रत्येक चुस्कीसँग स्पर्श गरि उसलाई गन्तब्यमा पुर्याउँदा निकै आनन्द भान भईरहेकाे थियाे। उसाे त घरकाे कामले तेस दिन जस्तै आनन्दले चिया पिउन भ्याउँथिन भनुँ या निद्रा देविलाई छिटै बिदा गर्न सक्थिन? वास्तवमा यी दुबै कारण हुन् । कहिले कुन त कहिले कुन।  यस्तै साेच्दा साेच्दै हजाराैँ याेजन टाढाकाे सुर्यदेव झुल्किदै हुनुन्थ्याे। तेस मनाेरम दृश्यलाई कामकाे पनि ख्याल नगरि हेरिरहँदा सुर्यदेवका किरणहरु हरिया बाेटबिरुवा तथा सबैमा परे,धर्तिमा पनि परे। यसरी सुर्यका किरण पाउँदा धर्ति र  हरिया बाेट बिरुवाहरु लाजले भुतुक्कै भएर सुन्तला जस्तै पहेँलपुर भए उनिहरुकाे लज्जापन देखेर मलाई पनि कुनै दिनकाे याद आयाे मेराे लागि मेरी आमाले भनेकाे शब्द "लाज त छाेरि मान्छेकाे गहना हाे।" र म पनि लाजले सुर्यसँग भनुँ या प्रकृतिसँग जाे सँग भए पनि मुसुक्क मुस्कुराउँदै लजाएँ। चिया सकियाे अब भने मेराे घर धन्दाले मलाई बाेलाउँदै थियाे मनले भने एकछिन

समय (कविता)

                    समय याे माैषम किसान लाई घरिघरि गिज्याई रहन्छ बाली स्याहार्न नपाउँदा आकाशबाट ताली बजाईरहन्छ। कहिले पानीकाे अभावमा आकुल व्याकुल पारिदिन्छ अनि पानीनै पानी बर्षाई दिन्छ बस् उ तमासा मात्र हेरिरहन्छ। चुनाैती सँधै रहनेभाे कृषक बा आमालाई खडेरी वर्षा र बर्षे सुक्खाकाे भाेकाे पेटका छाेरा छाेरीकाे भाेककाे पीडा थुपारीरहन्छ। जहिले खुट्टाकाे डिलमा परेका चिरा अनि हातमा बसेकाे खस्राेपन समेत अपनाउँदै माटाे सँगै साईनाे गाँसेर हिडेका मिहिनती हात माथी बेमाैसमी कुठाराघात भईरहन्छ। भईरहन्छ।

आमाकाे निद्रा (कथा)

Image
                        आमाको निन्द्रा "आमा" शब्द तेसै पनि गह भरि आँसु पारिदिने एक वजनदार शब्द मानिन्छ। आमाकाे बिषयमा बाेल्न जस्तै मै हुँ भन्नेहरुलाई पनि आँखामा आँसु नराखी मुस्किलनै पर्छ। जाे कसैलाई पनि आमाकाे महत्व तब थाहा हुन्छ जब आमाबाट टाढा भइन्छ अथवा हामी आफै सँग तेस्तै केही घटना भयाे भनेमात्रै  उनकाे त्याग तपस्याकाे पत्ताे चल्छ। तर दुनियामा आमाले संघर्षका साथमा आफुलाई हुर्काउने बढाउने गरेकाे थाहा हुँदा हुँदै पनि महत्व बुझ्न ढिला गर्छन् र कति आमाहरु मरिमरी छोराछोरी हुर्काउदा पनि बृद्धश्रममा बस्न बाध्य हुन्छन। जीवनमा धेरै व्यक्तीहरु पछुताे सहित बस्ने गर्छन्। मलाई कैले काहीँ श्रृष्टि गर्ने श्रृष्टिकर्ताले सबै लाई धन सम्पत्ति संगै दाँजेर यी बा र आमाकाे माया लाई मात्रै दाँज्न धन्न छोडेछन जस्ताे लाग्छ यसमा उसकाे केही स्वार्थ लुकेकाे भएरनै हाेला जस्ताे पनि लाग्छ मनै हाे जता पनि साेच्न भ्याउने। अरुले आमालाई घृणा गरेकाे देख्दा मन कटक्क खाएर आउँछ। आज म पनि आमा हुने अवसर हुँदा आफ्नाे छाेरा छाेरी प्रति लुटाउने मेराे माया सम्झँदा मैले आफ्नाे  बाल्यकालकाे कुरा नसम्झेर बस्नै

कथा (सत्यकुरा)

Image
सत्य कुरा भगवान हुन्छन् र हुँदैनन् यहि कुराले कहिलेकाही धेरै मतभेद पैदा गरिरहेकाे हुन्छ। जब प्रकृतिले सृष्टि गरिरहेकी हुन्छिन् तब काेहि धनी काेही गरिब नगराइ धन दाैलतमा पनि भाग बन्डा गरिदिएरै जन्म दिए हुने। भन्ने मनका कुराहरु कहिल्यै साेचेर र मागेर नसकिने छन् ।हुन त सबैलाई सुखै सुख हुन्थ्याे भने पनि जीवन जीउनुकाे के मजा! यस्ता साेचले पनि दिमाखकाे भकारी भरिदिएका हुन्छन् । जीवनमा अनेक दुःख अकल्पनीय सुखका साथहरुले अटुट रुपमा सम्बन्ध बलियाे बनाईरहेका हुन्छन्। यस्तै भाेगाईकै क्रममा म पनि कुनै ठाउँलाई कर्मथलाे बनाएर केही परिवर्तनमाे अाशा बाेकी गाउँ गएकी थिएँ। मध्यपश्चिमकाे कुपाेषणकाे अवस्था नेपाल भरिमा धेरै तिब्र गतिमा फैलियकाे हुँदा उक्त सुधारगर्ने अवसरमा हामिलाई काममा खटाईएकाे थियाे। प्रकृतिले रचेका सबै चिज बस्तुहरु सुन्दर हुन्छन् तेहि पनि बन जंगल मानव तथा प्राणीहरु त फुर्सदमै बनाउन भ्याईहाेलिन् उनले। याे कुपाेषण भन्ने रोग पनि अचम्मको हुने गरिब लाई पनि लागिदिने र धनी लाई पनि लागिदिने गरिबलाइ खान नपुगेर लाग्ने त धनिलाई खान नजानेर हुने। यस्तै शिलशिलामा खान सिकाउनु पर्ने बाध्यता

गजल(मेराे कर्णाली)

मेराे कर्णाली अझै पनि पिडाकाे घाउ भित्र छ नारीहरुकाे पाँच दिने घर बनेर छाउ भित्र छ।। सुन्दरताकाे त बयान गरुँ भनेँ गरेरै सकिनेछैन केवल एउटा सुन्दरता राराकाे तलाउ भित्र छ।। भन्ने हरुले त यहाँ स्वर्ग छ नभनेका हाेइनन् नी श्रृष्टि उपज महिला नसाेच्दा मृत्युदाउ भित्र छ।। कुपाेषणकै चरम बिन्दुमा पुगि छट्पटायकाे उ पेटभरि खानपुग्दैन जीवन डुबेकाेनाउ भित्र छ।।

(कथा)"महिनावारिले दियको पिडा" भाग- २

              "महिनावारिले दियको पिडा"                         भाग- २   जन्मदा खाली हात जन्मने हामी जब यस धर्तिमा आमाकाे काेखबाट पहिलाे पटक अवतरित हुन्छाैँ र तब बल्ल रुने सीप प्राप्त गर्छाैँ र रुन नजानेपछि रुवाउने काेसिस गरिन्छ। सिकाई बढ्दैगर्दा बिस्तारै भाेक लाग्दा रुनुपर्छ भन्ने लाग्छ र बच्चा भाेकलाग्दा रुने गर्छ तब बल्ल खाना पाउँछ । बिहानै रेडियाेमा ७:००बजेकाे समाचार आउँछ जसमा मुख्य समाचारकै रुपमा अछाममा एक किशाेरीकाे छाउगाेठमा सुतिरहेकाे समयमा सर्पले टाेकेर मृत्यु । दैेलेखमा छाउगाेठमा आगलागि भयर एक महिला घाईते।!  रुपाकी आमा झसङ्ग हुन्छिन् र फेरि हैन हामिलाई तेस्ताे हुँदैन हाम्राे त देवता धेरै राम्रा छन् केही हुन दिने छैनन् यस्ताे समाचार सुन्न हुन्न भनेर हत्त न पत्त रेडियाे बन्द गर्छिन् रुपाकाे हजुरबुवाले हैन समाचार सुन्न पनि नदिने के भाकि याे बुहारी भन्न थाल्छन् र फेरि रेडियाे खाेलिदिन्छिन्। यस्ता समाचारहरु सुन्न भन्दा नसुन्न पायनै हुने जस्ताे उनलाई लाग्छ किनकि रुपाकि आमा आज्काल गाउँ गाउँमा संघ संस्था हरुले समूह खाेलि दिएकाे, प्राैढकक्षा सञ्चालन गरि दिएकाे भएर केही

गजल

रित्तिएका पानाहरु भर्ने काेसीस गरिरहेँ चाउरिएका गालाहरु पुर्ने काेसीस गरिरहेँ।। हातमा काेरीएका नसाहरुले मान्दै मानेन् तर पनि म जवानीमै मर्ने काेसीस गरिरहेँ।। कालले चिठी पठाईरह्याे मैले टेर्ने कुरैरहेन हरेक पाना फर्काएर टार्ने काेसीस गरिरहेँ।। 

कथा("महिनावारीले दिएकाे पीडा")

                          " महिनावारीले दिएकाे पीडा" कहिले काहीँ कुरीतिका हिसाबकाे लेखाजाेखा गर्दा सृष्टिकर्ताले महिलालाई प्रकृति सँग दाँजेर कैयाैँ अपराध गरेकाे भान हुन्छ।जब छाेरा जन्मन्छ तब सबैकाे अनुहार खुसी हुन्छ र जब छाेरी जन्मन्छिन् सबैका शिर निहुरियका हुन्छन् । हुन त कसैलाई छाेरीकाे आवश्यकता पनि हुन्छ उनिहरु छाेरिकाे मूल्य बुझेर शिर निहुराउँछन् त काेही छाेरीकाे कारण इज्जतमा दाग लाग्नसक्ने कुराकाे निहुमा शिर निहुरायका हुन्छन्। एउटि आमा जब प्रसब पीडा सँगै छाेरिकाे चिच्याहट लिएर आउँछिन् तब उनलाई आफ्नै पिडा दाेहाेरिय झैँ भान हुन्छ।उनले समाजले बनाएका अनेक नियमबाट कसरी बचाउने साेचिहेकी हुन्छिन्। यस्तै यस्तै कुराले रुपाकी आमा रातभर निदाउन सक्दिनन् किनकी उनी पनि एक नारी सहित नारी जन्माएकी आमा हुन् । उनकी १४ बर्षकी छाेरी पनि याे धर्तिमा प्रकृतिसँग दाँजिएर अनेक कुरितिकाे सिकार ग्रहणकाे याेग्यता पूरा गरिसकेकी छे। उमेरकाे बेग सँग सँगै महिनावारीकाे चक्रमा प्रवेश रुपा आज उसकाे शरिरबाट रगत बगिरहेकाे कारणलेनै समाजले बनाएकाे नियममा बाँधीएर छाउगाेठमा बस्नु परेकाे छ। समाजद्वारा निर्

नारी (गजल)

     नारी(गजल) छाउपडिकाे कठघरामा नारिएकी नारी कुरितिकाे दलदल भित्र बारिएकी नारी ।। कुसंस्कार आफ्नाे ठान्दै जिउदैछिन् उनी प्रत्येक रहरमा गुम्सिएर टारिएकी नारी।। सृष्टिकर्ता आफै हुन्छिन् ममताकी  खानी प्रकृतिउपज नबुझी अन्त सारिएकी नारी।। ममतामा कम्ति  हुन  दिन्निन् कुनै ठाउँमा धैर्यता र शहनशिलताले खारिएकी नारी।। लाउने खाने उनकाे उमेर ताैलिदैछन् यहाँ सपना त्याग्न बाध्यपार्दै लघारिएकी नारी।। धर्म नाममा पापीहरु फाईदा उठाउँदै छन् संस्कार नामक ताताेतेलमा तारिएकी नारी।।

गजल (धाेका दियाे)

काँडाबाट बच्दै थिए फुलले नै धाेका दियाे आफ्नाे श्रृष्टिनै नासेर कुलले नै धाेका दियाे।। विश्वास गर्ने मान्छे अनि मन्दिर केही रहेनन् आधार स्तम्भ मान्दा पुलले नै धाेका दियाे।। फुल बनेर बिश्वास जित्याे काँडालाई घुरिरहेँ मायाकाे प्रतीक धारण मुलले नै धाेका दियाे।। काँडाले त आफ्ना सबै बाचाहरु पूरा गर्याे विश्वासरुपी तगाराेकाे झुलले नै धाेका दियाे।।

कथा("जेठाबा काे बगरखेत")

‌                              "जेठाबा काे बगरखेत" वरिपरि डाँडाले घेरिएकाे बिचमा सुन्दर गाउँ,गाउँकाे बिचमा रहेकाे घर शहरमा बसेर गाउँकाे स्वच्छ हावा लिन नपाएर पिल्सिएका हरुलाई उनिहरुकाे बिचारले हेर्दा निकै सुन्दर देखिन्थ्याे तर तेहाँका छुट्टै पीडाहरु कुदिएर रहेका अनि कटकटिएर टालिएका थिए। चकमन्न अँध्याराेले काँचुली फेरेकै थियन,कुखुराले बिहानीकाे संकेत गर्दै थिय। खाेला सुस्साहटकाे  आवाजले जेठबाकाे कानमा काउकुती लगाइदियछ र जेठाबा काे निन्द्रा झट्ट खुल्याे र हेर्दा बिहानीकाे ५ बजिसकेकाे रहेछ ।जेठाबा जुरुक्क उठेर हैन याे मुसुरि कति सुतेकी राेपाई भन्ने थाहा हुँदा हुँदैपनि भन्दै फतफताउँदै बिछाैना छाडी हिँजाे बीउ काढेर हिलाेले लतपतीयकाे जाँगे लागाउँदै कराउन थाले ।मुसुरी पनि हैन आज के अलच्छिन लाग्याे यतिखेर सम्म कतिकाम सकम्ला भनेकि थेँ भन्दै उठिन् र मुजा परेकाे गुन्यु समेट्दै मनमा सपनामा देखेका अनेक भुमरीहरु लाई हे भगवान मेराे सपना सपना मात्र रहाेस बिपनामा  यस्ताे देख्ने हिम्मत म सँग छैन भन्दै भुनभुनाउँदै  दैलाे कुच्चाे गर्न  थालीन् ।जेठाबाकाे मनले पनि के के पकवान पकाई रहेकाे थियाे

कविता( सेतो कागज)

म सेताे कागजकाे एक पाना हुँ तिमी मिहिनेत गरेर काेर। चित्र सहित व्याख्यामा पनि मिहिनेत फिजाउ। तिम्राे मष्तिस्कमा म राम्राे हुनका  लागि तिमिमा पनि लगाशिलता  हुन जरुरी छ। अनि तिमी र म बाट हामी बन्नेछाैँ । त्याे सेताे कागजमा हाम्राे सुन्दर चित्र हुनेछ। भाव मिलनकाे बासना आउने छ। अनि फुलिरहेका फुलहरु हामीसँग  मितेरी गाँस्न रहर गर्नेछन् ।। सेताे काजगमा बेढङ्गले लेख्ने काेसिस गर्याै भने कागजकाे तहस नहसता त छँदैछ तिम्रा अनि मेरा सपनाका बबन्डर हरु ध्वस्त भै निरासाले पत्थर बनेर रहनेछन्। अस्तित्वले घेरा लगाउने छ र सेताे कागजमा फाेहाेरी नामकाे मसिकाे धब्बा लाग्ने छ।

गजल(आमा)

आमा😍😍 तिमी बाट टाढा हुँदा संसारै चिर लाग्थ्याे आमा शुन्यताले नदि  किनार काे तिर लाग्थ्याे आमा।। सम्झन्थे तिमिलाई  र तिमिले खुवाउने भाेजन निस्ताे भाेजन खुवाउँदानी खिर लाग्थ्याे आमा।। बालापनका यादहरु झल्झल्ति आउने  गर्छन् यकछिन् तिम्लाई नदेख्दा पिर लाग्थ्याे आमा।। अहिले तिमि एक्ली हुँदा मैले हेर्न सकेकाे छैन तिमिले नि तेस्तै गर्थ्याैत जंजिर लाग्याे आमा।। अहिले कतैबाट प्रकट भयझैँ लाग्छ हामी लाई बाल्यवस्थामा तिमि नै तक्दिर लाग्थ्याे आमा ।।

गजल(फूल भएँ)

फुलकाे पीडा फुल्न नपाई काेपिलामै झरेकाे फूल भएँ च्यातेर ध्वजापार्दै भुईमा छरेकाे फूल भएँ।। बाेट सार्ने कैयाैँ काेसीस खाली गय मेरा जरा बिनानै ओइलियर मरेकाे फूल भएँ।। सबैका स्वार्थले टिप्छन् टप्प टप्प गरिकन अन्त्यमा नदि तालमाथी तरेकाे फूल भएँ।। आफ्ना आशा कैयाैँ थिय बुझिदिने भयनन् बिना अर्थमा अरुकै लागि सरेकाे फूलभएँ।। चाहनाका बिटाहरु कसिँदै मर्न बाध्य छन् संसारी खुसीमा मेराे रङ भरेकाे फूल भएँ।।

गजल(छ म सँग)

वियाेगमा छचल्कीयकाे मुहानी छ  म सँग रुझेर लुथ्रुक्क लत्रीयकाे सिरानी छ म सँग।। कालान्तरमा धेरै कुराहरु कहँदा उनी सामु भन्दैथिएँ स्वयं उसलाई जवानी छ म सँग।। बिगतलाई सम्झँदा धेरै कुरा याद आउँछन् उसकाे नासाे साथमा निशानी छ म सँग।। ती अनगिन्ती याेजनाका खातहरु कैद गर्दा तस्बिर भित्र लुकीरहेकाे कहानी छ म सँग।।

गजल(चाहान्छु)

दियाेकाे पीडा आफुमै जलेर तिम्राे भारी आफै बाेक्न चाहन्छु अन्धकारले थपिदिने अन्दाधुन्द राेक्न चाहन्छु।। तिमी निर्दयपनमा जलाउँछाै सुख वा दुख दुबैमा अश्रुधाराले दु:ख घाेकाउँदै गर म घाेक्न चाहन्छु।। तिमीमा त पाहुनाकाे रुपमा सुख आउने गर्छनी म तिम्राे लागि मधुराे धुँवा बनेर खाेक्न चाहन्छु।। सम्झनु मलाई हर बखतमा म जल्न तयार हुनेछु ती हरेक पीडा तेलकाे साहरामा धाेक्न चाहन्छु।।

गजल(चितामा पुगिछु)

पिडा बिहिन मनुष्य खाेज्दा म चितामा पुगिछु आध्यात्मिक बन्न खाेज्दै गर्दा गितामा पुगिछु।। मेराे आधारस्तम्भ र प्रेरणाका स्राेतकाे खाेजिमा मलाई जन्मदिने ईश्वरहरु माता पितामा पुगिछु।। आफुलाई सति सावित्री देखाउने चक्करमा हुँदा उही जनकपुत्री पवित्र जननी सितामा पुगिछु।। स्वयम् सरहकाे साथी सम्बन्ध बनाउने रहरमा बस्त्र अनि बाहु साटासाट गर्ने मितामा पुगिछु।।

गजल(याद छ मलाइ)

हाे म सडकमै पालियकी हुँ त्याे याद छ मलाई टुहुरी बनेर गलियकी हुँ त्याे याद छ  मलाई।। मेराे यथार्थ अवगत भएरनै तिम्राे प्रवेश थियाे हर सुखबाट छलियकी हुँ त्याे याद छ मलाई।। सबै बाट गुज्रीयपनि तिमी भन्दा संस्कारी छु मुलियाभन्दै फालियकी हुँ त्याे याद छ मलाई।। ती हरकुरा कसैले सम्झाउन जरुरी देख्दिन  म हरदुख नियाल्दै टलीयकी हुँ त्याे याद छ मलाई।।

मुक्तक (भय नआउ)

फेरि  फर्केर जाने भय नआउ अन्तै कसम खाने भय नआउ धेरै थाेरै जति डुल्याै ठिकै छ फेरि मनकतै लाने भय नआउ।।

गजल(श्रृङ्गारिक) गाँसिने भए आउ

श्रृङ्गारीक मेराे मायामा म सँगै तिमी गाँसिने भय आउ तरङ्गित तरङ्गहरुमा रुझेर टाँसीने भए आउ।। तिम्राे हर रहरकाे  हेक्का राखुँला म  पनि पुर्णताकाे आहुतीमा विलासीने  भए आऊ।। बदनकाे ताप छाेड तिमी प्रतिकाे सद्भाव हेर दुईमुटु एउटै पाराैँला अब झाँसीने भए आऊ।। आकाशका जुन तारा साँची हुनेछन्  हाम्रा प्रेमलहरकाे लहराइमा उकासीने भए आऊ।। ढुकढुकीकाे चाल सुनाैँला एक अर्काकाे हामी मेराे विरक्तीएकाे मन सँग छासीने भए आऊ।।