आमा (कबिता)
तिमिले घाँस र दाउराकाे भारीसँगै पाइला चाल्ने बाटाेबाट दूध ओसार्ने माेटर कुद्ने गर्छ। गाउँमा बिमारी बाेक्ने गाडी पनि पुग्न थालेकाे छ। जन जनमा केही हद चेतना फैलिएकाे छ तिमी झैँ बिमारी पर्दा झाँक्रीकाे भर परेर मर्नु पर्दैन। तिमीले बाेक्ने घनघनेकाे पानी त उहिल्यै बिरानाे भैसक्याे सिस्नेरीकाे धारा घर घरै अाउँछ। धान काट्ने र माड्ने मसिन पनि अाइसक्याे। कामले कक्रक्क पर्ने हातहरुले केही सहजता पाएका छन्। यो सबै भोग्न तिमी छैनौ आमा...!! तिमिले झैँ रातकाे तीनबजे उठेर राती दस बजे सम्म दहि,दूध र घ्यू बेचेर पचास रुपियाँ लिएर घर फर्कनु पर्दैन। बा ले अफ्ठ्याराे ठाउँमा बनेकाे घर बेचेर सजिलाे ठाउँमा किन्नुभएकाे छ। तिमिलाई मन पर्ने फलफूल सुन्तला, आँप, नास्पति, केरा सबै हाम्रै बारीमा सिजन अनुसार लटरम्म फल्छन्। हाम्राे खुसीमा एउटै अभाव छ त्याे तिमी हाै आमा...!! ठुला भएपछि कस्ता हाेलान् भन्दै छाेराछाेरीलाई कराउने तिमी साँच्चिकै ठुला भैसके चाेइटिएका मुटु सम्हाल्ने, आँखा चिम्लेर विश्वास लाग्नेले आँखा खाेलिदिन्छन् भन्ने भाव पनि परै बाट पढ्न सक्ने भएका छाैँ। पाेहाेर तिम्रा माइत