गजल(याद छ मलाइ)

हाे म सडकमै पालियकी हुँ त्याे याद छ मलाई
टुहुरी बनेर गलियकी हुँ त्याे याद छ  मलाई।।

मेराे यथार्थ अवगत भएरनै तिम्राे प्रवेश थियाे
हर सुखबाट छलियकी हुँ त्याे याद छ मलाई।।

सबै बाट गुज्रीयपनि तिमी भन्दा संस्कारी छु
मुलियाभन्दै फालियकी हुँ त्याे याद छ मलाई।।

ती हरकुरा कसैले सम्झाउन जरुरी देख्दिन  म
हरदुख नियाल्दै टलीयकी हुँ त्याे याद छ मलाई।।

Comments