गजल(चितामा पुगिछु)

पिडा बिहिन मनुष्य खाेज्दा म चितामा पुगिछु
आध्यात्मिक बन्न खाेज्दै गर्दा गितामा पुगिछु।।

मेराे आधारस्तम्भ र प्रेरणाका स्राेतकाे खाेजिमा
मलाई जन्मदिने ईश्वरहरु माता पितामा पुगिछु।।

आफुलाई सति सावित्री देखाउने चक्करमा हुँदा
उही जनकपुत्री पवित्र जननी सितामा पुगिछु।।

स्वयम् सरहकाे साथी सम्बन्ध बनाउने रहरमा
बस्त्र अनि बाहु साटासाट गर्ने मितामा पुगिछु।।


Comments