गजल(फाँडेर जाउ)

मेराे देश तिमीलाई सुम्पीय अब फाँडेर जाउ
कि तिम्रा उत्कण्ठाहरु पनि यहिँ छाडेर जाउ।।

सक्छाै त बनाउ देश,पुर्खाकाे बलिदान छ यहाँ
असमर्थ ती पाखुरीका बल भुमिमै गाडेर जाउ।।

अवगतछ त्याे खुकुरीकाे धारले तिमि ताक्दैछ
नखरा नदेखाउ बरु बास्तविकता माडेर जाउ।।

शहिदहरुले आफु मरेर सिङ्गाे सुम्पेकाे देश हाे
उपती पार्न नसक्ने तिमीहरु याे बाँडेर जाउ।।

गाेर्खाली उपमाकाे ब्यङ्ग्य गर्दैछाै तिमि आफै
आफुले आफु बिकाउँदै देशलाई ताडेर जाउ।।

Comments