देख्ने रहर घ रकाे अगाडि निर्मित सानाे चाैकाबाट बिहानीकाे मिठाे बताससँगै छिँडिभरकाे आकाश चियाउँदै थिएँ। दाहिने हातमा चियाकाे कप राखेर चियाका प्रत्येक चुस्कीसँग स्पर्श गरि उसलाई गन्तब्यमा पुर्याउँदा निकै आनन्द भान भईरहेकाे थियाे। उसाे त घरकाे कामले तेस दिन जस्तै आनन्दले चिया पिउन भ्याउँथिन भनुँ या निद्रा देविलाई छिटै बिदा गर्न सक्थिन? वास्तवमा यी दुबै कारण हुन् । कहिले कुन त कहिले कुन। यस्तै साेच्दा साेच्दै हजाराैँ याेजन टाढाकाे सुर्यदेव झुल्किदै हुनुन्थ्याे। तेस मनाेरम दृश्यलाई कामकाे पनि ख्याल नगरि हेरिरहँदा सुर्यदेवका किरणहरु हरिया बाेटबिरुवा तथा सबैमा परे,धर्तिमा पनि परे। यसरी सुर्यका किरण पाउँदा धर्ति र हरिया बाेट बिरुवाहरु लाजले भुतुक्कै भएर सुन्तला जस्तै पहेँलपुर भए उनिहरुकाे लज्जापन देखेर मलाई पनि कुनै दिनकाे याद आयाे मेराे लागि मेरी आमाले भनेकाे शब्द "लाज त छाेरि मान्छेकाे गहना हाे।" र म पनि लाजले सुर्यसँग भनुँ या प्रकृतिसँग जाे सँग भए पनि मुसुक्क मुस्कुराउँदै लजाएँ। चिया सकियाे अब भने मेराे घर धन्दाले मलाई बाेलाउँदै थियाे मनले भने एकछिन