कथा("महिनावारीले दिएकाे पीडा")

         
                "महिनावारीले दिएकाे पीडा"

कहिले काहीँ कुरीतिका हिसाबकाे लेखाजाेखा गर्दा सृष्टिकर्ताले महिलालाई प्रकृति सँग दाँजेर कैयाैँ अपराध गरेकाे भान हुन्छ।जब छाेरा जन्मन्छ तब सबैकाे अनुहार खुसी हुन्छ र जब छाेरी जन्मन्छिन् सबैका शिर निहुरियका हुन्छन् ।
हुन त कसैलाई छाेरीकाे आवश्यकता पनि हुन्छ उनिहरु छाेरिकाे मूल्य बुझेर शिर निहुराउँछन् त काेही छाेरीकाे कारण इज्जतमा दाग लाग्नसक्ने कुराकाे निहुमा शिर निहुरायका हुन्छन्।
एउटि आमा जब प्रसब पीडा सँगै छाेरिकाे चिच्याहट लिएर आउँछिन् तब उनलाई आफ्नै पिडा दाेहाेरिय झैँ भान हुन्छ।उनले समाजले बनाएका अनेक नियमबाट कसरी बचाउने साेचिहेकी हुन्छिन्।
यस्तै यस्तै कुराले रुपाकी आमा रातभर निदाउन सक्दिनन् किनकी उनी पनि एक नारी सहित नारी जन्माएकी आमा हुन् । उनकी १४ बर्षकी छाेरी पनि याे धर्तिमा प्रकृतिसँग दाँजिएर अनेक कुरितिकाे सिकार ग्रहणकाे याेग्यता पूरा गरिसकेकी छे। उमेरकाे बेग सँग सँगै महिनावारीकाे चक्रमा प्रवेश रुपा आज उसकाे शरिरबाट रगत बगिरहेकाे कारणलेनै समाजले बनाएकाे नियममा बाँधीएर छाउगाेठमा बस्नु परेकाे छ। समाजद्वारा निर्मित यस नियममा सहभागी भयर आफुले झैँ कष्टहरु आफ्नी छाेरीले पनि उठाउनुपर्ने कुरा रातभर घार्नीकाे टाउकाे भित्र रहेकाे दिमाखमा खेलाउँदै मुटुमा सञ्चार गरि धक्क धक्क गर्दैछिन्।
रुपले धपक्क बलेकी रुपाकाे नाम उनकै बुवाले राखिदिएका थिए पढाई सँग सँगै घरमा आमालाई पनि काम सघाउँथी । गाउँमा सामाजिक संघ संस्थाहरुले समुह खाेलीदियका थिए भने उनी पनि समाबेस हुने गरेकी थिइन् याे साल त प्राैढ शिक्षा कक्षा पनि आएकाे हुँदा कहिलेकाही दिनमा फुर्सद नभयपनि रातिमा टुक्की बालेर रुपा सँग पढाई गर्थिन्।
"नयाँ गाेेरेटाे" नामक किताबकाे झल्काे उनलाइ खुब अाउने गर्थ्याे राती राती पढ्न जाँदा महिलाहरु नयाँ गाेरेटाे किताबमा भयकाे कथाकाे नाटक पनि गर्ने गर्थे। एक दिन त किताबकाे कथाकाे नाटक गर्दा रुपालाई पाठाे बनाएर पाठाे जस्तै कराउन लगाय उसले पनि ठ्याक्कै पाठाे कै आवाज निकाली र सबै हाँसे।
यसरी नै रुपाका आमा छाेरी ज्यादै मिल्ने गर्थे। रुपाले पनि आमालाई दुःख हुन्छ भनेर धेरै सहयाेग गर्थी। रुपाकी आमा आफ्नी छाेरीका यस्ता गुण सम्झेर बेला बेला मुसुक्क हाँस्थीन् भने फेरि सम्झदा गुणवान् छाेरीलाई धेरै दुःख हुन्छकी छाेरीले कसरी सहली भन्ने लाग्थ्याे र आफुले सहेका अनेक दुःखहरु मानसपटल अगाडि देखिन्थे।
 यस्तै साेच्दा साेच्दै आँँखा नचिम्लेरै समयले बिहानीकाे संकेत गर्याे चराहरु र कुखुराहरु सबैलाई उठ अब घरधन्दामा जुट भन्न थाले ।साँच्चिकै कुखुराहरु मान्छे  बन्न नसके पनि आफ्नाे जिम्मेवारी स्त्री जातीलाई नसुम्पेर बिहानिकाे शिरेटाेमा पनि आफै छिटाे उठि आफ्नाे पाेथी जातीलाई सम्मान गरेकाे हुन्छ। रुपाकी आमा जुरुक्क उठि दैलाे कुचाे गरिन् र चुलाे बाली गाई भैँसीलाई खाेले पकाएर खान दिसकेपछि रुपालाई खाजा लिएर आफै एक पटक हेर्न गइन् ।     
रुपा! "ए! रुपा!"
"हैन सुतेकै छेस् क्या !!"
"छाेरीमान्छे भएर यति अबेरसम्म सुतेकि लाज सरम् भन्ने केही नलाग्ने कस्ति केटि!"
रातभरि डर र त्रासमा निन्द्रा बिनानै सुतेकी रुपालाई बिहानीपख आँखा लागेका के थिए आमाकाे आवाजले रुपाकाे कानमा घन्टि बज्याे घडिले आफ्नाे रफ्तारमा बिहानीकाे ७ बजाईसकेछ।
आफ्ना चिसाे सिरेटाेमा कचेरा र आँसुले भिजेका परेलि खाेल्न खाेजी आँखा टालिएका रहेछन् नजिकैकाे पुरानाे फ्युसकाे लाेटामा रहेकाे पानिले आँखा भिजाई र आँखा खाेली।
आमाले मकैकाे राेटि र नुनकाे ढिकाे टाढैबाट फालिदिइन् र च्याप्प समाई के गराेस् नसमाओस् त भाेक लागिरहेकाे छ।
आमाले छिटाे राेटि खा र याे दाउरा लिन जंगल जानुपर्छ तैँले बाहिर सर्या बेलामानै दाउराकाे खलियाे तैँले भर्ने हाे भनिन् रुपाले केही बाेलीन र सुक्का राेटि चपाउन थाली तर निस्ताे राेटि के जान्थ्याे निल्न धाै धाै  भयाे उसले आमा! माेहि ल्याइदियकाे भय हुने नी म निस्ताे राेटि खानै सक्दिन भनी आमाले तँलाई था छैन र सँधै कति जिद्दि गर्छेस् माेहि खाँदा देउता रिसाउँछन् भन्ने भनिन् । भैसीलाई मैले काटेकाे घाँस खाँदा देवता नरिसाउने माेहि खाँदा रिसाउने भन्दै थी आमाले धेरै नकरा भनेपछि  चुपचाप बसि ।
उसले सधैजसाे याे आवाज नउठाएकी हैन तर देउता रिसाउने कारणले उ चुप बस्नुपर्थ्याे ।
आमाले फेरि "छिटाे गर् है छिटाे"भनिन् आमाले तेसरि भन्दा उसका आँखा फेरि रसाय। आँसुले आँखाकाे डिल भरेर आमातर्फ हेरि तब आमा हुन् जे भयपनि सन्तानकाे माया त लाग्छनै हेर रुनि धुनि नगर् ।छाेरि भयर जन्मेपछि यस्ता सबै भाेग्नै पर्छ हामिले पनि भाेग्दै आयाैँ तिमिहरुलाई त अझ हामिलाई भन्दा सुख छ भनिन्।
"भैँसिलाई घाँसपनि ल्याउनुपर्छ छिटाे गर् है। छाेरी
मान्छे भयर केही नगरेर काँ हुन्छ भाेली अर्काकाे घरमा गयपछि आमाले केही सिकाकी रैनछे कस्ता घरकि रैछे  भनेर अनेक कुरा सुन्न पर्छ भन्दै घर तर्फ
लागिन्।"
उनिहरुकाे गाउँ सुन्दर थियाे गाउँका मान्छेपनि धेरै सहयाेगी र मिलनसार थिए । समस्या जे थियाे त्याे लैङ्गिकतामा लिप्त भएर जरासमेत गाडेर बसेकाे कुरिति नामक परम्परा।
गाउँमा सबैका घरमा घरकाे केही तल,पर तिर एक छाउपडि घर छ जहाँ महिलाहरु छाउ भयकाे अर्थात् महिनावारिमा सुत्नुपर्ने घर रहेकाे छ।
सबै जसाे महिलाहरु महिनावारी भयकाे समयमा तेहि अलिअलि बारेकाे गाेठमा सुत्नुपर्थ्याे घरकाे त खलाे सम्म पनि टेक्न पाईन्नथ्याे साथै खाना पनि ब्राम्हण हरुकाे घरमा बाहुनीहरु महिनावारि हुँदा घर बाहिर भात खानु हुदैन भनिन्थ्याे र देवता रिसाउने कुरामा दहि,दुध,माेही केही खान नपाईने हुन्थ्याे  भने छाउगाेठ राख्ने परम्परा गाउँभरिनै थियाे।
जतिबेला धेरै सुरक्षा,सरसफाई र राम्राे खानपानकाे आवश्यकता हुन्थ्याे तेति बेलानै ती सबै असह्य परम्पराबाट गुज्रनु पर्थ्याे।
दुःख गरेर हुर्केकी छाेरी रुपा महिनावारी हुँदा टाढाकाे छाप्राेमा गयर बाँस बस्नुपर्ने। हुन त रुपा मात्रै नभयर यहाँका हरेक छाेरी र बुहारीकाे कथा यस्तै थियाे।
रुपा कक्षा ८ मा गाउँकै बिद्यालयमा पढ्थी घरकी जेठी छाेरी भएकै कारण उसलाई घरकाे जिम्मेवारी पनि थियाे बुवा भारत पैसा कमाउन गयका थिय भने घरमा उसकी एक बहिनी र दुइभाई थिए साथै बुढा भएका हजुरवुवा र हजुर आमा पनि हुनुहुन्थ्याे।
गाउँका धेरै जना कमाई गर्न भारत पसेका हुँदा टेलिफाेन गाउँ गाउँमा नपुगेकाेले चिठि लेख्ने पठाउने हुन्थ्याे रुपा पढाईमा धेरै चासाे राख्ने भयकी हुँदा उसले चिठीराम्राे लेख्ने र सबैकाे घरमा चिठी लेखिदिने जिम्मा उसैकाे थियाे ।
गाउँभरमा सबैले भनेकाे मान्ने रुपा सबैकी प्रिय थिई।
गाउँमा पढ्न नपाएका आमाबुवा धेरै थिए ।जहाँ चिठी अरुलाई नै लेख्न पठाउने र पढ्न पठाउने हुन्थ्याे ।
सबैजनाले उसलाइ पुर्ण विश्वास गर्थे।
रुपा यी सबै कुरा सम्झेर झसङ्ग भइ र फेरि हाम्राे गाउँमा कहिले शहरमा झैँ टेलिफाेनकाे सुबिधा हाेला अनि हामी महिनावारी हुँदा घरभित्रै बाँस पाहियला भन्ने साेच्दै साेच्दै आँसी नाम्लाे लिएर जंगल जाने तयारी गरि उसकाे याे महिनावारी चक्र भर्खर चाैथाे पटककाे थियाे। जंगल जाँदा धेरै रगत बग्याे पेट पनि दुख्याे कसलाई भन्नू भनेर भनेर यकछिन् बसी सबै कपडामा रगत लाग्याे अब के गर्नु न त उसँग सफा कपडा छ न कुनै प्याड ।दाउराकाे भारी पुगेकै छैन बल्ल बल्ल भारि पुर्याएर रगतका टाटा सहित घर तर्फ लागि उसले बाटाेमा कुुरा साेच्दै थिई।
महिनावारी हुँदा देवता रिसाउँछन् कि रिसाउँदैनन् हाेला कसरी रिसाउँछन् हाेला र हामिले किताबमा पढ्दा याे महिनावारी चक्र सुरु हुनु भनेकाे कुनै पनि केटि बच्चा जन्माउन सक्ने हुनु हाे भनेर पढेका छाैँ यदि यसाे हाे भने तेहि रगत सञ्चित गरेर जन्मियका पुरुष शुद्ध हुने हामी मात्र किन अशुद्ध हुने झन् रगत् बगेकाे बेलामा हामिलाई सम्मान गर्नुपर्ने किनकी सबैलाई सन्तानकाे सुख दिने छाेरीमान्छे नै त हाे छाेरिमान्छेलाई कविहरुले प्रकृतिसँग तुलना गरिरहेका हुन्छन् ।तर के ती कविहरुले आफ्नाे घरका नारिहरुलाई प्रकृतिसँगैै दाँजेर उत्तिकै सम्मान गरेका हाेलान् त!!
उसकाे मनमा अनेकाैँ काैतूहलताका कुराहरु केलाउन थाली उसकाे मनले निस्कर्ष पनि निकाल्याे यक पटक बिचार गर्नुपर्याे देवताले मलाई के भन्ने रहेछन् अर्काे महिनावारीमा भन्दै नभनेर यतिकै घरमै बसिदिन्छु भन्ने कुराहरु साेच्दै हिडि।
महिना बित्याे महिनावारी चक्र फेरि सुरुभयाे रुपाले कसैलाई भन्दै भनिन । यसपटक उसँग रगत लुकाउने प्रसस्त कपडा थिए तर उसलाई समस्या पनि भयाे महिनावारिमा प्रयाेग भयका कपडा कहाँ धुनु गाउँमा भएकाे धारामा सबै पानी भर्न जानुपर्नेे अझ केहिगरि धाेय पनि कहाँ सुकाउनु देख्ने गरि सुकायाे भने घरमा थाहा भैहाल्छ धेरै चुनाैतीकाे साथ लुकाउदै गई उसकाे पर्खाई देवता रिसाउने दिन थियाे देवता किन रिसाउँथे कसैलाई केही भयन सबै पहिला जस्तै थियाे। उसले हजुरआमा र हजुरबुवालाई दिनमा चार पाँच पटक छुने गर्थी, खाना पकाएर दिनहुँ खुवाउने गरि तर पनि केही भएन केही दिनसम्म रुपा बाहिर सरेकाे थाहा नपाएपछि रुपाकी आमालाई चिन्ता लाग्नथाल्याे र साेध्नुभयाे "रुपा! तेराे बाहिर सर्ने पालाे आइसकेन र अझै भइनस् त के भयाे" अब महिनावारी भएकाे कुरा भन्दा पनि सजाय नभन्दापनि गलत साेचाइकाे सिकार हुनुपर्ने  यस्ताे अवस्था छ छाेरिकाे ।
उसलाई अब हजुरआमाले पनि दिनहु हरेक तवरबाट "रुपा तँ किन बाहिर सरेकि छैनस् कि कसैसँग तेराे हिमचिम त बढेकाे छैन हेर है छाेरीमान्छेकाे इज्जत पिनालुकाे पातमा पानी नअडिनुझैँ हाे।" भनेर घरकै मान्छेले पनि सम्झाउन र काेस्न थाले । हरेक पटक यी कुराहरु सुन्दा
उसलाई पीडा भयाे देवता रिसाउने भनेकाे यहि त हैन! भनेर पनि साेच्न थाली घरका मानिसहरुले गरेका प्रश्नबाट सँधै माया पाउने उसले यस्ता कुरा सुन्नुपर्दा पक्कैपनि देवता रिसायकाे यहि हुनुपर्छ भनेर उसकाे मनले पक्का पक्कि गर्याे ।
अब याे पटक कसैलाई भनिन अब चै नभनेपछि गाउँलेहरुले पनि कुरा बनाउन थाल्नेछन् भन्ने डरले र देवता रिसाउने डरले बाहिर सर्दा भन्ने र छाउगाेठमै सुत्ने निर्णय गरि ।
देवता कसरी रिसाउँछन् भन्ने कुराकाे खुलदुलि भने पुर्णरुपमा हट्न सकेन र यक दिन आमा छाेरि कुरा हुँदै गर्दा आमा ! देवता रिसाय भने के हुन्छ कसरी रिसाउनु हुन्छ? भनेर साेधी आमाले पनि पुर्खाले सिकाउँदै आयकाे जे छ उहीँ भन्नू भाे "राम्राे हुँदैन याे हाम्राे पुर्खा देखि चल्दै आएकाे चलन हो घरमा बिमारि पर्छन् गाई डिङ्गालाई पनि राम्राे हुन्न।" भन्नुभाे रुपाले मनमनै साेची मैले महिनावारि भकाे कुरा कसैलाई नभन्दा कसैलाई केही भयन किन हाेला भनेर गहिराे साेचाइमा परि।
अब भयकाे बेलामा थाहा दिएरै जबरजस्ती छाेइदिन्छु के हुने रैछ भन्ने उसकाे मनमा जिज्ञासा रह्याे।
याे पटककाे महिनावारि उसले घरमा थाहा दिई र छाउगाेठमा बस्न गई अब उसकाे मनमा अनेक कुराहरुले जरा गाडेर बसिरहेका थिय तेसै अनुरुप थाहा नपायझैँ गरि सरासर घरमा गई र हजुरबुवालाइ छाेइ उनिहरुले त थाहा पाइरहेका थिय तेसैले हैन याे रुपा मर्न लागि कि के हाे भन्दै भने र एक छिन पछिदेखि उहाँ काम्न थाल्नुभाे उहाँ सहित घरमा हजुरआमा पनि काम्नुभाे रुपाकी आमालाइ "छाेरिलाई संस्कार राम्राे नदियकी आफु गतिलि भयपाे छाेरि गतिलि पाउँथी।" भनेर तथानाम गालि गर्न थाले रुपाकी आमा अनेक असह्य गालीहरु शिरमा राखेर आफुले लगायकाे मडहरीमा पानी राखेर सुनपानी दिइन् र "हे देवता परमेश्वर भुलबस यस्ताे हुन गयाे शान्त हुनुस्।" भनिन् यकछिनमा उनिहरु शान्त भय ।
रुपाले मैले गर्दा मेरि आमालाई यति धेरै सहनुपर्याे भनेर दुःख मानी तर पनि के गर्नु आमा हुन् सन्तानकाे लागि आफुले गालि खाएरपनि सकेकाे खुसि दिने काेसिस गरिन्।
साँझ परेकाे थियाे आमा रुपालाई खाना लियर आउनुभयाे रुपाले केही कुरा गर्ने काेसिस गरि उसकाे मनमा तयार भयका जाै तिलले कुनै कुरा लुकाउन दिएनन् र महिनावारि भयर ढाँटेकाे कुरा भन्न थाली "आमा म अघिल्लाे पटक पनि बाहिर सरेकि थिय के हुने रैछ भनेर भनेकी थिईन हुन पनि तेतिबेला कसैलाई केही भयन आज जानी जानी बिचार गरेकि हुँ तर यस्ताे भयाे खासमा देवता रिसाउने रैनछन।"
भन्दै थिइ तर उसकाे सानाे भाइ पनि उहीँ पुगेर सबै सुन्न भ्यायछ र उसले घरमा हजुरबुवा हजुरआमालाई भनिदियाे घरमा अशान्ती भयाे पुर्खा देखि चल्दै आएकाे कुरा यसले नमान्ने भनेर हजुरबुवा उफ्रन थाल्नुभाे उहाँहरुले नभयकाे बिमार पनि
"मलाई १ महिना भयाे जिउ दुखेकाे यहि भयर रैछ।" भन्दै हजुरआमाले पनि मिसाउनुभाे र ३ दिन अगाडि रुपाले नै बनाईदिएकाे पैयुँकाे लठ्ठी भुईमा बझार्नुभाे। "बुहारीले अलच्छिनी छाेरीपाईछे हामी याे घरमा बस्दैनाैँ कि यीनीहरु घरबाट निस्कनुपर्छ" भनेर भन्न थाल्नुभाे। रुपाका बुवा घरमा थियनन् रुपाकी आमाले अनेक तरहले सासू ससुरालाई सम्झाउन थालिन् घरमा अशान्ती मच्चीयाे।
 
                    **********

बाँकि............भाग-२ मा

Comments

  1. राम्रो छ रुपाको कथा यस्तै लख्दै जानुहोला सुभकामना ��

    ReplyDelete
  2. राम्रो छ बाकि अंश पनि चाडै अावोस

    ReplyDelete
  3. धन्यवाद पवित्रा चाँडै ल्याउने काेसिस गर्नेछु।

    ReplyDelete

Post a Comment