देख्ने रहर (कथा)

                  देख्ने रहर



रकाे अगाडि निर्मित सानाे चाैकाबाट बिहानीकाे मिठाे बताससँगै  छिँडिभरकाे आकाश चियाउँदै थिएँ।

दाहिने हातमा चियाकाे कप राखेर चियाका प्रत्येक चुस्कीसँग स्पर्श गरि उसलाई गन्तब्यमा पुर्याउँदा निकै आनन्द भान भईरहेकाे थियाे। उसाे त घरकाे कामले तेस दिन जस्तै आनन्दले चिया पिउन भ्याउँथिन भनुँ या निद्रा देविलाई छिटै बिदा गर्न सक्थिन? वास्तवमा यी दुबै कारण हुन् ।
कहिले कुन त कहिले कुन।
 यस्तै साेच्दा साेच्दै हजाराैँ याेजन टाढाकाे सुर्यदेव झुल्किदै हुनुन्थ्याे। तेस मनाेरम दृश्यलाई कामकाे पनि ख्याल नगरि हेरिरहँदा सुर्यदेवका किरणहरु हरिया बाेटबिरुवा तथा सबैमा परे,धर्तिमा पनि परे। यसरी सुर्यका किरण पाउँदा धर्ति र  हरिया बाेट बिरुवाहरु लाजले भुतुक्कै भएर सुन्तला जस्तै पहेँलपुर भए उनिहरुकाे लज्जापन देखेर मलाई पनि कुनै दिनकाे याद आयाे मेराे लागि मेरी आमाले भनेकाे शब्द "लाज त छाेरि मान्छेकाे गहना हाे।" र म पनि लाजले सुर्यसँग भनुँ या प्रकृतिसँग जाे सँग भए पनि मुसुक्क मुस्कुराउँदै लजाएँ।
चिया सकियाे अब भने मेराे घर धन्दाले मलाई बाेलाउँदै थियाे मनले भने एकछिन् अझै बस् न केही कुरा गर्नुछ भन्दै थियाे। मन र ब्यवहारकाे जुहारी चल्दै गर्दा ब्यवहारले नै जित्याे म भान्सातिर लागेँ।
मलाई उपन्यास पढ्न खुब मन पर्ने
केही क्षणपछि घरकाे काम सकेर साेफामा बसी उपन्यास पढ्दै थिएँ फाेनमा टिरिङ्ग घण्टि बज्याे किताब माथीका नजर उठाउँदै फाेन तर्फ ध्यानाकर्षण गरेँ कसकाे फाेन आयाे भन्दै माेबाईल तर्फ नजर फर्काउँदा नयाँ नम्बर देखियाे मैले हरियाे बटनमा छाेयर
हेलाे!
आवाज निकालेँ  उतादेखि केही आवाज आएन मैले दुई तीन पटक सम्म
हेलाे! हेलाे!!
काे बाेल्नुभएकाे हाेला हजुरकाे आवाज पटक्कै सुनियन भनेँ तर अहँ  उता देखि आवाज आएन र फाेन काटिदिएँ । फाेन आफ्नाे नजिकै राखेर फेरि उपन्यासमा ध्यान दिन थालेँ। उपन्यासकाे एक पाना सकिसकेकि थिएँ पुन: फाेन बज्याे माेबाईल हेर्दा अघिकै नम्बर थियाे र फेरि हेलाे भनेँ त्याे पटक पनि आवाज आएन तर मलाई आवाज नसुनिएकाे हाे जस्ताे लागेन किनकी दाेस्राे पटक पनि तेसाे हुनुपर्ने जति कमजाेर नेटवर्क पनि थिएन।
केही छिन् पछि याे मनले भित्र भित्रै के के साेच्न थाल्याे फाेन गरेर नबाेल्ने काे हाेला भन्दै मनमा कुरा खेलाउन थालेँ।
अब भने मेराे ध्यान उपन्यासबाट हटेर फाेनले निर्माण गरेकाे नाैलाे महशुसकाे कार्यकलाप तर्फ मात्र जान थाल्याे। तर तेसदिन पुन: दाेहाेरिएर फाेन आएन मैले पनि कसकाे पाे नम्बर हाे फेरि काम भए त उ आफैले फेरि अर्काे पटक गर्न सक्छनी भनेर फाेन गरिन।
भाेली पल्ट पनि तेहि नम्बर बाट उहीँ समयमा तेसै गरि फाेन बज्याे मैले "हेलाे!" भनेँ तर आवाज आएन मलाई कता कता कसैकाे सम्झना आउन थाल्याे। कतै उसैले गरेकाे फाेन त हाेईन?!
मनका असमन्जस् बटुलेर फेरि फाेन गर्ने साहस जुटाउन सकिन किनकी मलाई मेराे बसिसकेकाे घर र ब्यवहारले राेक्थ्याे किनकि बल्ल बल्ल दिलकाे कुनाेलाई केही सम्झाएर राखेकि छु जस्ताे लाग्याे त उसलाई खै केले राेकेकाे थियाे कुन्नी हुन त उसकाे बारेमा खराब साेच्न अझैपनि सक्दिन म र मेरै लागि मेराे बनि रहेकाे सम्बन्ध  बिग्रन्छकी भन्ने  साेचेकाे हुन पर्छ उसले पनि। हामी एक अर्कालाई नदेखेरै ब्यथा पढ्न पहिले सक्थ्याैँ भने अहिले पनि केही बुझ्न त पक्कै सक्छाैँ। यस्तै यस्तै कुरा मनमा चलिरहँदा बेला बेला उ नहुन पनि त सक्छ जस्ताे पनि लाग्याे।
उ नै हाे या हाेईन भन्ने कुरा त मैले कुनै तवरबाट ठम्याउन सकिन र ठम्याउने काेसिस पनि गरिन
तैपनि मैले पहिलाे पटक गरेकाे प्रेमकाे महशुसलाई झट्ट मानसपटलमा ल्याईदिएर मनभित्र ४/५ रेक्टर स्केल जति भुकम्प त ल्याएकै थियाे तेस फाेनकाे घण्टीले।
यति भैसकेपछि उसका र मेरा बितेका पलका कुरा नगरि बस्नै सक्दिन। स्कुले जीवनमा छँदै गर्दा सँगै पढ्ने हामी दुई साथी  भित्र भित्रै कहिले देखि प्रेममा फस्याैँ पत्तै भएन। स्कुल जाँदा आउँदा सँगै हुने र मेला पात पनि सँगै हुने भएर बानी लाग्याे या प्रेमनै भयाे भन्ने महसुस सुरुसुरुमा हुन्थ्याे तर बिस्तारै प्रेमनै हाे भनेर महशुस गराउने उ नै थियाे। हुन त प्रेम कहाँ,कतिबेला र  काे सँग हुन्छ कसलाई के पत्ताे हुन्छ र याे त एक्कासी हुने हाे जहाँ हुन्छ मिठाे महशुस हुन्छ र महशुस भित्रै रम्ने गराउँछ।
उसका र मेरा बानीहरु धेरै अमिल्दा थिए ।
उसलाई गुमनाम काेठामा बस्न मन पर्थ्याे
म स्वतन्त्र ठाउँमा ठुलाे स्वरमा कराउँदै रमाउँदै बस्न मन पराउँथे। उसलाई हर क्षण केही लेखिरहन मन पर्थ्याे भने म उसकै लेखकाे पात्र बन्न पनि रुचाउँथे।
हामी सुनसान ठाउँमा गएर चराचुरुङ्गी हरु 
सँग खुब रमाउँथ्याैँ।
शान्त स्वभावकाे थियाे म भने चञ्चल, उश्रृङ्खल थिएँ सायद हर कुरामा हाँसीरहने अनि कुनै कुराकाे निचाेडमै पुग्न नखाेजेर बिचबाटै हराईदिन्थेेँ ।
साथै तेसकाे गहिराइ पत्ता लगाउने प्रयत्न बाटै टाढा हुने हामी र हामी बिचका धेरै बानीहरुमा असमानता भएपनि कुनै बानीहरु त यस्ता थिए कि ती क्षण सम्झेर अहिले पाे कहिले भक्कानाे फुटेर आउँछ त कहिले तिनै पलहरु सम्झेर एकान्तमा हराउँदै खिस्स हाँस्न मन लाग्छ । हामी साँझपछिकाे शान्त र रमणिय आकाश हेरेर आकाशमा देखिने बस्तुहरु एक अर्कामा दाँजेर घन्टाैँ कुरा गर्थ्याैँ उसले मलाई जुन सँग दाँजेर के के कुरा गर्थ्याे तर मैले जुनमा पनि दाग हुन्छनी भनेर भन्दा "त्याे जुन तिमी हुन्थ्याै त तेहाँ दागनै देखिने थिएन" पनि भन्थ्याे। साँच्ची यति उसले भन्दा त म लाजले मुख छाेपेर टाउकाे निहुराउँथे अनि उसले तिमी यसरी लजाउँदा त मलाई सारै राम्राे लाग्छ यसरी हाम्राे धेरै बानी नमिले पनि तिम्राे हरेक बानी मलाई मन पर्छ म तेसाे गर्दिन त के भाे र तिमी सँधै यस्तै रहनु है भन्थ्याे। मैले त्याे पनि भन्ने कुरा हाेर भन्थेँ ।हामी साँच्ची एक अर्कामा फरक भएपनि तेहि रुप रङ्ग अनि बानीसँगै अथाह प्रेम गर्थ्याैँ।
जब एक दुईदिन भेट हुदैनथ्याे जीवनमा धेरै अवसर गुमाएझैँ लाग्थ्याे। हाम्राे भेट गर्ने शैली फरक थियाे सायद ।
मेराे घरकाे तल चाैतारीमा सिठि बज्याे भने म दाैडिएरै जान्थेँ नभन्दै मेरै प्रेमी पात्र मलाई पर्खिएर बसिरहेकाे हुन्थ्याे। म कुनैदिन काममा अल्झिएर उसकाे ईशारा बुझेर पनि केही समय भेट्न आउन नपाउँदा उसका आँखाकाे डिलमा पानी  भरिएर पाेखिन तयार भएकाे हुन्थ्याे। साँच्ची मलाई जीवनमा यतिधेरै माया गर्ने मान्छे पाउँदा अरु कुनै कुराकाे आवश्यक छ जस्ताे लागेकै थिएन।
अन्य ब्यक्तिका प्रेम गएर शारिरिक सम्बन्धमा जाेडिएका हुन्छन् भन्ने सुनेका थियाैँ तर भने हामी निश्चल प्रेम त गर्थ्याैँ तर शरिरकाे कुनै माेह न उसलाई रहेकाे थियाे न त मलाई नै ।
हामी घण्टाैँ सँगै रहेपनि न उसले स्पर्श गरि माेहित हुने बाहनामा मलाई सिकार गराउँथ्याे न त मैले नै तेसरि हेर्थेँ खाेई उसले किन यसरी हेर्थ्याे। हुन त मलाई उसकाे तेहि बानीनै मनले खाएर प्रेममा परिणत भएकाे थियाे। हामी एक अर्कामा हराउन नजर जुध्नै पर्थेन नुहेका नजर बाटै मनकाे ढुकढुकीका नजरहरु सायद एकहर्कामा बात मारिरहन्थे हामी तिनिहरुका बातमै धेरै रमाउँथ्याै।
जब मेघ गर्जन्थ्याे तब पानीको थोपाहरुले
उसकाे समिपको आभास दिलाउथ्याे!
जसरी पहिलो थोपाको स्पर्शले मट्टी हर्हराउँछ त्यसरी नै उ नहुँदा उसैकाे यादहरुले जिब्रो बर्बराँउथ्याे
हावाको झोक्काले पातलाई स्पर्श गरेजस्तै
हर क्षण मानस्पटलमा उसकै यादले स्पर्श गरिरहन्थ्याे
मदिराको प्यालाले नजानिदाे मातलाई स्पर्श गरेजस्तै अनि भँवराले फूललाई चुम्मन गरेजस्तै पल पलमा उसकाे आभाष हुन्थ्याे। सिमसिमे पानीमा खुला टाउकाे राखेर बिस्तारै परेकाे त्याे पानीकाे आवाज र बेग शरिरमा कैद गरि बिस्तारै टाउकाे बाट बग्ने पानीकाे धारा आँखाकाे बिच नाककाे डाँडी हुँदै नचाहेकाे ठाउँसम्म पुग्ने बेलामा पनि उसकै याद रहन्थ्याे र सम्झेर काउकुति लाग्थ्याे। हुन त यसरी सम्झेर
भनाैँ भने दिन रात कति बित्छन् वर्णन गरेरै
सकिदैन।
प्रेम त हामी एक अर्कामा धेरै नै गर्थ्याैँ तर प्रेमकाे र जीन्दगीकाे बारेमा बुझ्न भने सकेका थियनाैँ सायद।हाम्रा धर्म ग्रन्थहरुमा पनि रामायणमा राम र सीता दुबै एक अर्कामा अथाह प्रेम गर्थे तर प्रजाकै कारण आफ्नै धर्मपत्नी तथा प्रेमिकाप्रति शंका गर्न बाध्य थिय र उनिहरुकाे प्रेम सफल हुन सकेन भन्ने हामीले बुझेका थियाैँ तर प्रेम त प्रेमिहरुकाे एक अर्कामा मिलन नभएपनि रहिरहन्छ सफल नभयपनि मन मुटुले उसकाे राम्राे साेचिरहन्छ त्याे पनि त प्रेम नै त हाे।
यस्तै कुरा हामीले समयमै बुझेका हुन्थ्याैँ त प्रेम गरेर पीडा महशुस गर्ने थियनाैँ हाेला।

हुनत प्रेमलाई पीडा भनेर नामाकरण गर्न पनि चाहान्न म किनकि याे मिठाे महशुस हाे जाे सँग प्रेम हुन्छ उ सँगकाे जीवन जीउन नसकेपनि याद बनेर आउने प्रेमलाई स सम्मान दिलकाे कुनामा स्वागत गरेर सम्झन पनि त सकिन्छ।
हजुर म त हाम्राे बिछाेड कसरी भयाे भन्नेमा पाे थिएँ ।एकदिन बिहानै चाैतारीमा सिठी बज्याे म पनि छिटाे छिटाे हतारिएर उसलाई भेट्न गएँ  उ चाैतारीमा बसि खुट्टाले भुँईका साना गरिगिरे ढुङ्गा खेलाउँदै दुबै हात आफ्नाे यताउता भुईमा राखि शिर निहुराएर बसिरहेकाे थियाे म पुग्नासाथ कहिल्यै नहड्बडाउने मान्छे जुरुक्क उठेर झ्याप्प अँगालाेमा बेर्याे मैले केही बाेल्नै सकिन पक्का उसलाइ केही भएकाे छ मनमा कता कता डरकाे बिरुवा उम्रेर ठुलाे रुख बन्न लाग्याे मैले के भयाे? भनेर साेधेँ उसले म बेराेजगार भएर कति बसुँ? घरबाट बिदेश जा भन्छन् केही दिन अघिनै दर्खास्त भरेकाे भिसा अायाे रे भाेली हिड्दै छु।यति उसकाे मुख बाट सुनिसके पछि मलाई बाेल्ने कुनै शब्द आएन आँखाहरुले आफै बाेल्न थाले तैपनि सम्हालिनु त पर्छनै भनेर आँखाबाट बगेका अश्रुधारा पुछेर उसलाई हिम्मत दिएँ तिमी जाउ । तर यहाँ भन्दा भन्न पनि केही आएन उ त पिडामा थियाे थियाे म झन् धेरै पिडामा परेँ क्यार धेरै गाराे भयाे भाेलि भेट्नु पर्छ भनेर छुट्टियाैँ।

लाई उ बिनाकाे पल काट्न ज्यादै गाराे
 भयाे जिन्दगी पनि जिन्दगी जस्तै लागेन
 हामी सँधै भेट्ने ठाउँमा गएर कैयाैँ दिन एक्लै
 बस्ने रसँगै बिताएका पल काट्ने गरेँ।
भाेलीकाे मिर्मिरेमै उसकाे हिड्ने समय भएछ बिहानै उसकाेसिठिकाे प्रतीक्षा नै नगरि चाैतारि जहाँ हाम्राे भेट्ने ठाउँ तेहाँ गएँ उपनि रातभरि सुतेनछ क्यार आँखा राताे पारेकाे थियाे  र मलाई पनि तेसै भन्दै थियाे।

मलाई बाेल्न केहि आएन मुटुमा ठुलाे ढुङ्गाले अवराेध गरेजस्तै भयाे उसलाई पनि आयनछ क्यार उसले म गय पछि तिम्राे बिहे अरु सँगै गरिदिनेछन् म नहुँदा पनि खुसिभएर बस्नु है भन्याे ।
मैले बाेल्नै सकिन आँखाका पानीले समुन्द्र बनाउने तयारी गरे र अन्तमा पुगेपछि खवर गर्नुहै भनेँ हामी छुट्टियाैँ ।
उसले पुगेकाे खबर घरमा गरेकाे पत्ताे त पाएँ तर मलाई उसले खै किन खबर नै गरेन। मैले कैयाैँ दिन सम्म प्रतीक्षा गरेँ तर खबर आएन फेसबुकमा म्यासेन्जरकाे रिप्लाई पनि आएन अपडेट पनि देखिन ब्लक पनि  थियन मेराे म्यासेज सिन पनि भएन।
जिन्दगिकाे गाेरेटाेमा प्रेम कसैसँग गरेपनि घर,परिवार सबैकाे आशा भराेसा मेटाउन एउटा नाता जाेड्नै पर्ने तेसैले नाता जाेड्न सफल भएँ। तर मनदेखि उसकाे नाम हटाउन सकिन आफ्नाे सन्ततीलाई उसकै नाम दिएँ । उसले खै किन तेसाे गरेकाे पत्तै भएन तैपनि ठिकै छ मिठाे सम्झनामा उसलाई राखेकि छु जतिबेला उसकाे प्रेममा थिएँ दिल दुखाउने काम पट्टकै गरेन तेहि
बितेका पलकाे प्रेम सदाबहार छाईरहाेस् प्रेम प्राप्ती हाेइन त के भाे सम्झना त हाेनी ।
सम्झनाकाे डायरी भित्र सुरक्षित राखेर सँधै सम्झन चाहान्छु तर कहिले काहीँ हाम्राे बितेकाे पलकाे बारेमा उसले सम्झन्छ हाेला या सम्झन्न हाेला त्याे जान्ने ईच्छा मेराे भित्री हृदय सँधै गरिरहन्छ। अझ भनाैँ भने म पनि जहाँ जस्ताे सुकै स्थानमा उसलाई सम्झन चाहान्न किनकी सम्झना गर्दैगर्दा यी आँखा र धड्कन धेरै बदमास हुन्छन् बितेकाे पल सम्झँदै गर्दा आँखाले बर्षात गरिदिन्छन् अनि धड्कन उसकै अनुपस्थितिकाे चाल बुझेर धड्किदिन्छ।
उपन्यासकाे किताब भित्रका पानाहरुमा हाम्राे बारे कसैले लेखेकि लेखेनन्  भनेर कता कता आफ्नै कथा खाेज्न मन लाग्छ अनि प्रेमिल कथा पढ्दा बियाेगी कथा भित्र आफैलाई खाेज्न मन लाग्छ पागल मन के के गर्न लगाउँछ जिन्दगीकाे नाटक अनि नाटकका क्रियाशिल पात्र हाैँ भन्ने कुराहरु बुझ्दै बुझ्दैन।
सबै कुरा बुझ्दा बुझ्दै याे मन उसलाई एक पटक देख्ने रहर जागि रहन्छ।


                   ************











Comments

  1. मायाॅं प्रेम गर्ने मान्छेलाई देख्ने रहर कसको नहोला र ! पूर्णिमाको यो लेखन र कथा वस्तु निकै राम्रो लाग्यो निरन्तर लेख्ने क्रम जारी राख्नुहोला । कथा वास्तविक या काल्पनिक हुन कुनैदिन लेखकलाई म आफै सोध्नेछु।😃

    ReplyDelete
    Replies
    1. धन्यवाद दाइ हजुरहरुकाे हाैसला मिल्दै गयपछि अवस्य लेख्नेछु🙏

      Delete

Post a Comment