भावना


  महशुस

याे खुल्ला आकाशले सँधै हेरिरहन्छ
खै तेसले मेराे खिल्लि गरे
झैँ लागिरहन्छ।
आफ्नाे स्वतन्त्रताकाे फुस्राे ढाेङ
देखाउँदै।
अनि मेराे जेलियकाे परिस्थिति
केलाउँदै।
के साेच्दाे हाे तेसले भन्दै म पनि
बेला बेलामा उसैलाई
हेरिरहन्छु।
उसले ईर्ष्या गरेरै हुनुपर्छ
सायद म तापले सेकिदै डढेका
बेला पानी दिने सम्म आँट गर्दैन
अनि म लुथ्रुक्क भिजेकाे बेला
ओढ्ने छाता दिदैन ।।
निर्दयी बनेर तमासाकाे पात्र
बनिरहन्छ।
तर उ तेति निर्दयी भयपनि
म जिन्दगि देखि हार मानेर
उ तर्फ हेर्दछु केही शितलता
 थपिदिय झैँ लाग्छ।
म उदासिनता सँग लड्दै केही
 आँट माग्न उ तर्फ हेर्छु तब
 आँखामा पानी भरिदियर
भावना थपिदिय झैँ लाग्छ।


Comments