कविता "तिमी सिपाही"


 "तिमी सिपाही"


शिरमा ढल्किएकाे टाेपी 

हातमा छडि 

चिटिक्क पहिरन 

आँखामा देश बचाउने,

अन्याय मेटाउने जस्ता सपनाहरु

सजिएका।

कार्य भारकाे आदेशमा खटिएकाे

दाँया हात छट्काउँदै शिर सम्म पुर्याइ 

अभिवादनकाे एक ओजनदार 

"जय नेपाल"

तिमी प्रहरी....!!

       "तिमी सिपाही"

सरकारकाे सिन्दुर पहिरेर 

दुलहि जस्तै बनेकाे तिमी 

स्वयम् काे रहर,

चाहना देखाउन पाउदैनाै

कतै हत्यारा हरुकाे भिडमा रहनुपर्छ

कतै निर्दाेशलाइ कुट्नुपर्छ

कतै देश द्राेहीलाइ काखी च्याप्नु पर्छ 

बस् यत्ति हाे तिमीले सकेसम्म 

आफु मरेर अरुलाइ 

बचाउनु पर्छ...!!

   "तिमी सिपाही"

वास्तवमा तिमी अभिभावक हाै 

सम्पूर्णकाे रक्षामा अहाेरात्र खटिने

परिचय झल्काउने पाेसाक सँगै

सडककाे धुलाे तिम्राे पहिरन

सबैलाइ न्याय दिलाउने,

झुट नबाेल्ने जस्ता अनेकाैँ 

कसमकाे वजन

अाफ्नाे जीवन सेवामा समर्पण गर्ने 

इमान्दारीता। 

अँह शब्दमा बयान गर्न सकिँदैन सबै

तिम्राे त्यागहरु....!!

     "तिमी सिपाही"

भरि बन्दुककाे भारी बाेकेर सँधैँ हिड्छाै 

तर आफुलाइ अन्याय पर्दा आदेश बिना 

तेर्स्याउन सम्म सक्दैनाै/ पाउँदैनाै

तिमिलाइ चाड पर्व आउँदैन

तिमीले बा आमाकाे माया देखाउन 

पाउँदैनाै।

परिवार, सन्तान तिम्रा पनि हुन्छन् 

मृत्युकाे अन्तिम घडिमा पुगेकी आमालाई

एक घुट्कि पानी पिलाउन जान 

आदेश कुर्नु पर्छ।

कसरी सम्बाेधन गरुँ तिम्राे त्यागकाे?

सँधै डटिरहने...!!

    "तिमी सिपाही"

हामी स्वतन्त्र छाैँ  

आफ्नाे आक्राेस मेट्न 

तिमिलाई ढुङ्गा मुढा बर्षाउन सक्छाैँ

चुपचाप बस्नुपर्छ 

तिमी प्रतिकार गर्न सक्दैनाै

हामी अझ उश्रृङ्खल बन्छाैँ 

तथानाम भन्छाैँ तिमऊ केवल हेर्न 

र हामीलाइ सम्हाल्न बस्नुपर्छ

हरेक दिन जीवनकाे अग्नि परीक्षा दिँदै 

मुटुमा ढुङ्गा राखेर 

मृत्यु आएछ भनेपनि हाँसी हाँसी 

स्विकार्ने प्रण सहित युद्ध मैदानमा 

हाेमिन्छाै..!!

    "तिमी सिपाही"

कतै बलिकाे बाख्राे बन्छाै 

कतै अनेक लान्छनामा समेटिन्छाै

अझ आदेशकै भरमा राेकिन्छाै

तिमिले खाएकाे मानाेकाे दाेब्बर अरुले 

पचाईरहेका हुन्छन् ।

कसैकाे आक्राेस पाेख्ने साधन सम्म 

बनिरहेकाे तिमी

स्वयम् काे परिचय सिपाही दिइन्छ

तिमी सबैसँग झुक्नुपर्छ,

सबैकाे सुरक्षा गर्नुपर्छ

गल्ति कसैले गर्छ

दाेष तिमी माथी थुपारिन्छ..!!

न्याय भित्र भित्रै किनबेच गरिने देशमा

मनमा कति थाहा भएका कुराहरु 

परिदहन गर्दै प्रगतिका लागि 

भविष्य पर्खेका..!!

    "तिमी सिपाही"

Comments