गजल(श्रृङ्गारिक) गाँसिने भए आउ

श्रृङ्गारीक
मेराे मायामा म सँगै तिमी गाँसिने भय आउ
तरङ्गित तरङ्गहरुमा रुझेर टाँसीने भए आउ।।

तिम्राे हर रहरकाे  हेक्का राखुँला म  पनि
पुर्णताकाे आहुतीमा विलासीने  भए आऊ।।

बदनकाे ताप छाेड तिमी प्रतिकाे सद्भाव हेर
दुईमुटु एउटै पाराैँला अब झाँसीने भए आऊ।।

आकाशका जुन तारा साँची हुनेछन्  हाम्रा
प्रेमलहरकाे लहराइमा उकासीने भए आऊ।।

ढुकढुकीकाे चाल सुनाैँला एक अर्काकाे हामी
मेराे विरक्तीएकाे मन सँग छासीने भए आऊ।।


Comments