गजल

जीउनु पनि अब यहाँ कष्ट हुँदैछ
आशाकाे किरण पनि नष्ट हुँदैछ।।

सपना नदेखुँ भन्छु मननै मान्दैन
तेसकै असफलता छरपष्ट हुँदैछ।।

उत्तरकाे आशामा समाजमा हिड्छु
महङ्गीले पारेकाे प्रभाब प्रष्ट हुँदैछ।।

गरिब हुनुनै गल्ती भयो यो दुनियामा
लाग्छ यहाँ देशनै स्वयम् भ्रष्ट हुँदैछ।।

Comments