कविता( सेतो कागज)

म सेताे कागजकाे एक पाना हुँ
तिमी मिहिनेत गरेर काेर।
चित्र सहित व्याख्यामा पनि
मिहिनेत फिजाउ।
तिम्राे मष्तिस्कमा म राम्राे हुनका
 लागि तिमिमा पनि लगाशिलता
 हुन जरुरी छ।

अनि तिमी र म बाट हामी बन्नेछाैँ ।
त्याे सेताे कागजमा हाम्राे सुन्दर
चित्र हुनेछ।
भाव मिलनकाे बासना आउने छ।
अनि फुलिरहेका फुलहरु हामीसँग
 मितेरी गाँस्न रहर गर्नेछन् ।।

सेताे काजगमा बेढङ्गले लेख्ने काेसिस
गर्याै भने कागजकाे
तहस नहसता त छँदैछ तिम्रा
अनि मेरा सपनाका बबन्डर हरु ध्वस्त
भै निरासाले पत्थर बनेर रहनेछन्।
अस्तित्वले घेरा लगाउने छ र
सेताे कागजमा फाेहाेरी नामकाे मसिकाे
धब्बा लाग्ने छ।

Comments