गजल

आउ हातमा काम र मुखमा राम लिएर आउ
निराशा नै तुहाउने आशा तमाम लिएर आउ।।

सन्तुष्टिनै ठुलाेकुरा हाे भन्छन् रे बिज्ञहरुले त
तिमी त्याे मन बुझाउने तामझाम लिएर आउ।।

मरेर जाँदा सँग सँगै लाने केही छैन है साथी
बिचारमा वजन धनमा लिलाम लिएर आउ।।

दिन दुःखीहरु तिम्राे धेरै आशागर्दै बसेकाछन्
आशिष पाउने सेवामुलक काम लिएर आउ ।।



Comments