गजल

गजल
तिमी आउनु मेराे दिलकाेढाेका उघारी राख्छु
लुटिएकाे खुसी पुनः एकपल्ट गुहारी  राख्छु।।

राधा कृष्ण जस्तै  अमर  रहाैँला  सदा  यसरी
म तिम्री प्रेमिका तिमीलाइ मेराे मुरारी राख्छु।।

नयनले  चियाउदा  मस्तिष्क बिथाेलिन्छ  मेराे
चित्त शान्ति गराउछु तिमीलाइ पुजारी राख्छु।।

याे माैसम  बेइमानी बन्छ घरिघरि  रुझाउँछ
रुझ्न  दिन्न  काेमल बदन अब सियारी राख्छु।।

मानवताकाे खडेरी छ तिमी उतै  ढल्ने  छैनाै
विश्वासकाे पूजामा स्वयमलाइ कुमारी राख्छु।।




Comments