"हाे म तेहि छाेरी मान्छे" (कविता)


  "हाे म तेहि छाेरी मान्छे"


"हाे म तेहि छाेरी मान्छे।"
धर्तिमा काेमल पाउ पर्दै गर्दा लिङ्ग साेधिएकी
छाेरी उच्चारणमा मुटुमा
वस्तु बान्ने दाम्लाे जत्रै गाँठाे पारिदिएकी।।
सन्तानकाे खुसीयालीमा बा काे निधारमा
र ती अवीर लाइदिने हरुकाे मनकाे दाेधारमा।
असमन्जसता
 उत्पन्न गरिदिएकी ।
     "हाे म तेहि छाेरी मान्छे।"

आफ्नाे बाटाे हिड्दै गर्दा।
कसैसँग दुई शब्द बाेल्दै गर्दा।
संकाकाे घेरामा समाजकाे जालमा फस्ने।
अनि खुला किताब सँग अश्रुधारा बगाउँदै बस्ने।
आफ्नाे जीवनकाे माेल भुल्दै गरेकी
  "हाे म तेहि छाेरी मान्छे।"

जहाँ काम नबन्दा पाउने लान्छना
भाग्यमा जाेखेर हिड्नुपर्छ।।
जन्म,मृत्यु,घटना वा दुर्घटना सबैकाे
जिम्मा शिरमा बाेकेर हिड्नुपर्छ।
साेचाईकाे घेराबन्दि भित्र सिमित रहेर।
सपनाकाे त्यागमा सँधै निश्चित रहेर।
अनेक संघर्षमा बाँच्ने ।
     "हाे म तेहि छाेरी मान्छे।"

कार्यभारमा सँधै अघि हुनुपर्छ।
छाेरीमा सहनशिलता भरिनुपर्छ।
शिल स्वभावमा राखेर सपनाकाे बलिदानी।
अनि यस्तै यथार्थमा पुरीएकाे जिन्दगानी ।
रहरहरुकाे बृद्धपनमा रमाउन तयार
       "हाे म तेहि छाेरी मान्छे।"

मनका बह ती नबाेल्ने भगवान समक्ष राख्ने
हुन्छ भने अर्काे जन्म बिकास मुलुक देश ताक्ने।
पढेलेखेका कुबुद्धी पाल्नेहरुसँग काे युद्धमैदानमा
अनि साेचले भरिपूर्ण कुलकाे मुहानमा।।
उत्रीएकी एक शिक्षित अनि
अशिक्षाकाे व्यवहार थमाईएकी,
        "हाे म तेहि छाेरी मान्छे।"

बुझ्ने मनहरुलाई सृष्टिकाे उपहार।
मानव अस्तित्वकाे जिम्मेवार।
जुनसुकै घर लाई मन्दिर बनाउने।
अनि मन्दिरमा परिवार सजाउने।
छाेरी,बुहारी र आमा जस्ता सुन्दर
सम्बन्धहरुमा
प्रकृति सँग पाैँठे जाेरी गर्ने ।
        "हाे म तेहि छाेरी मान्छे।"
 







Comments