नारी (गजल)

     नारी(गजल)
छाउपडिकाे कठघरामा नारिएकी नारी
कुरितिकाे दलदल भित्र बारिएकी नारी ।।

कुसंस्कार आफ्नाे ठान्दै जिउदैछिन् उनी
प्रत्येक रहरमा गुम्सिएर टारिएकी नारी।।

सृष्टिकर्ता आफै हुन्छिन् ममताकी  खानी
प्रकृतिउपज नबुझी अन्त सारिएकी नारी।।

ममतामा कम्ति  हुन  दिन्निन् कुनै ठाउँमा
धैर्यता र शहनशिलताले खारिएकी नारी।।

लाउने खाने उनकाे उमेर ताैलिदैछन् यहाँ
सपना त्याग्न बाध्यपार्दै लघारिएकी नारी।।

धर्म नाममा पापीहरु फाईदा उठाउँदै छन्
संस्कार नामक ताताेतेलमा तारिएकी नारी।।

Comments