गजल(छ म सँग)

वियाेगमा छचल्कीयकाे मुहानी छ  म सँग
रुझेर लुथ्रुक्क लत्रीयकाे सिरानी छ म सँग।।

कालान्तरमा धेरै कुराहरु कहँदा उनी सामु
भन्दैथिएँ स्वयं उसलाई जवानी छ म सँग।।

बिगतलाई सम्झँदा धेरै कुरा याद आउँछन्
उसकाे नासाे साथमा निशानी छ म सँग।।

ती अनगिन्ती याेजनाका खातहरु कैद गर्दा
तस्बिर भित्र लुकीरहेकाे कहानी छ म सँग।।


Comments