कथा("जेठाबा काे बगरखेत")

‌         
                    "जेठाबा काे बगरखेत"

वरिपरि डाँडाले घेरिएकाे बिचमा सुन्दर गाउँ,गाउँकाे बिचमा रहेकाे घर शहरमा बसेर गाउँकाे स्वच्छ हावा लिन नपाएर पिल्सिएका हरुलाई उनिहरुकाे बिचारले हेर्दा निकै सुन्दर देखिन्थ्याे तर तेहाँका छुट्टै पीडाहरु कुदिएर रहेका अनि कटकटिएर टालिएका थिए।
चकमन्न अँध्याराेले काँचुली फेरेकै थियन,कुखुराले बिहानीकाे संकेत गर्दै थिय। खाेला सुस्साहटकाे  आवाजले जेठबाकाे कानमा काउकुती लगाइदियछ र जेठाबा काे निन्द्रा झट्ट खुल्याे र हेर्दा बिहानीकाे ५ बजिसकेकाे रहेछ ।जेठाबा जुरुक्क उठेर हैन याे मुसुरि कति सुतेकी राेपाई भन्ने थाहा हुँदा हुँदैपनि भन्दै फतफताउँदै बिछाैना छाडी हिँजाे बीउ काढेर हिलाेले लतपतीयकाे जाँगे लागाउँदै कराउन थाले ।मुसुरी पनि हैन आज के अलच्छिन लाग्याे यतिखेर सम्म कतिकाम सकम्ला भनेकि थेँ भन्दै उठिन् र मुजा परेकाे गुन्यु समेट्दै मनमा सपनामा देखेका अनेक भुमरीहरु लाई हे भगवान मेराे सपना सपना मात्र रहाेस बिपनामा  यस्ताे देख्ने हिम्मत म सँग छैन भन्दै भुनभुनाउँदै  दैलाे कुच्चाे गर्न  थालीन् ।जेठाबाकाे मनले पनि के के पकवान पकाई रहेकाे थियाे ।
जेठाबा घर बाहिर  ढाेकामा निस्कियर टाउकाे उठाउँदै आकाश तर्फ हेरे।
आकासले बताइरहेकाे थियाे कि आज मैले तिमिहरुकाे धेरै बिगार्दैछु ।
‌तिम्राे सपनाकाे संसार हिजाेमात्र बिरायर छाेडेकाे बगर खेत आज इन्द्रकाे बेगले पछारिदिनेछ,तिम्राे वर्ष भरि खान पुर्याउने साेच गरि बनायकाे खेत आँधी बेरीले धकेलीदिनेछ ।अन्धकार रातमा बैसले उर्लियर आयकाे भलले आफ्नाे बैँसालु बेग थाम्न सक्नेेेेेछैन।
आकाशकाे मनकाे भाषा बुझ्न नसकेपनि जेठाबाकाे मनमा किन किन आज आँदी बेह्री चलिरहे जस्ताे अनि सबै सपना हरु भुमरीमा परेर उडिरहेजस्ताे र ती सपनाहरुलाई चिह्याउँदै हेर्दा मरुभुमिमा हराभरा खाेजेजस्ताे कुरा लुडिबुडि खेल्दै छन् ।मनका बेग थाम्न नसकेर अगेनाकाे डिलमा खुट्टा वारपार गरेर बस्दै भने -"मसुरी" हाम्राे यति धेरै वर्ष पछिकाे मेहनत त केही भयकाे छैन हाेला नी है? मसुरी पनि मनमा धेरै कुराकाे असमन्जस भयपनि श्रीमानलाई सान्त्वना दिँदै "हैन ठुलेका बा अब त भगवान पनि कति निष्ठुरी हाेला र हाम्राे गरिबीकाे फाइदा उठायर यसलाई केही हुँदैन भगवान माथी विश्वास राखम्।" भन्दै आड भराेसा दिइन् ।
हिजाेमात्र राेपाईलाइ खाजा खुवाउने अन्न घरमा नजुटेपछि केही काम गरिदिउँला भनेर चार माना गहुँकाे पिठाे छिमेकबाट निमेगकाे भरमा मागेर ल्यायकि थिइन्  । जेठाबा पनि भाे अब कति बैराग गर्नु र उता खेताँ पानी लाउन ढिलाे भैसक्याे राेपार आयर तेतिकै बस्छन् फेरि राेपाई ढिलाे सकियला यसपालि त बिरायकाे बगर खेत पनि छ भन्दै फेरि केही आशा बटुलेर सुतिरहेका छाेराछाेरी उठाउन थाले।

हैन ए "ठुले!"
"कति सुतेकाे!"
'उठ छिटाे' अबेर भैसकाे सबै आ आफ्नाे काममा लाग भन्दै आफु चै ल है मसुरी मलाई खान्की खेतमै पठायस् म गएँ भन्दै काँधमा हलाे र जुवा राखेर ओरालाे लागे मसुरी हुन्छ ठुलेका बा रामरी काम गर्नु नआत्तिनु म छाेरछाेरीलाई छिटै पठाउँछु भनिन् ।
मुुुसुरी भान्साकाे काम गर्दै सबै छाेरछाेरीलाइ आ आफ्नाे काम अराउँदै फेरि साेच्न थालिन्  ।
हाम्राे गरिबी ले हामीलाइ अब त छाेडेहाेला
हे भगवान अब त याे राेपाईकाे धान आयाे भने त छाेरछाेरी अघाउन्जेल खान पाउनेछन् मेरा छाेराछाेरीकाे गास नटुटाइदिनु भन्दै मन मनै बिन्ति गर्दै काम गर्न थालिन् ।।
सबै जना मेला जाने बेला भयपछि छाेराछाेरिलाई खाना खुवायर जेठाबालाई खानाकाे पाेकाे पारिदिइन्
केटाकेटि सबै खेतमा गए ।उनी बचेकुचेकाे भाँडा टक्टक्यायर आफुपनि मनमा यक भारी बेचैनीकाे पाेकाे राखेपनि खाईन् र दिउसाे मेला जानेलाई खाजा बनाउँदै गरिन् ।

अघिल्लाे वर्ष मुला काटेर सुकाएर चाना वनायर राखेकाे,फुच्चे करेलाकाे चाना र आलुकाे मिसाएर तरकारीका साथमा राेटी तयार भयाे हुन पनि मुसुरीकाे हातै मिठाे राेपाइमा मुसुरिले पकाएकाे सबैलाइ खाने रहर हुने गर्थ्याे ।अघिल्ला अघिल्ला  बर्षमा राेपाईमा राेटीकाे अभाव हुने गर्थ्याे तेसैले याे पटक पनि मुसुरि डराइ डराइ एक ठेकि माेइ र खाजा बाेकेर खेतमा लागिन् ।

साँच्ची प्रकृतिकाे सुन्दरता कति रामाइलाे हुन्छ खेतमा त साँच्ची रमाइलाे पाे भइराखेकाे थियाे सबै जना आ आफ्ना काममा जुटिराखेका थिय कसैले बीउ पुर्याउने
कसैले जाेत्ने र जाेत्नेले राेपारलाई सुटुक्क गाेरुकाे पुच्छर भुईमा डाेबेर हिलाे छेपिदिने र हिलाे छेपाछेप गर्दै आ आफ्नाे काममा लागिरहेका थिय भने तेसै वर्ष गाउँमा नवबिभाहित जाेडि थिए उनिहरु पनि खुसुक्क मस्किदै हिलाे छेपाछेप गरेर रमाइलाे गर्दै थिए भने, राेपारहरु पनि यसरी असारे गित गाउँदै राेप्दै काम गरिरहेका थिए ।

"असार मास जाेतेकाे हलाे खै लाग्याे फालीमा
भाईलाई भनि उनेकाे माला वैलायाे आलीमा।।"

"माथ्थीर देखि के चरी झर्याे चवर डाेलाउँदै
टल्कने छाता भड्कने जुत्ता भाइ आयाे बाेलाउँदै।।"

राेपाई निकै रमाइलाे तरिकासँग चलिरहेकाे थियाे।
अब भने हिलाे तिरकाे मेलाे सकेर सबै बगरमेलाे तिर लाग्दै थिय ।मुसुरिले "ल है बाउसे राेपार सबैआउनु खाजा खाएर राेपाैँला फेरि खाजा सेलाउला भन्दै चिच्याइन् । उता बाउसे राेपारहरु तयार भएकाे मेलाे सकेर खाम्ला राख तेतै बरु पानी खुवाउनपर्याे मुसुरी काकी भन्न थाले ।मुसुरी पानी लिन जाँदै गर्दा आकाश पनि अँधेरिन थाल्याे बादलले फेरि सर्लक्कै घेर्न  थाल्याे।
पानी सबैलाई खुवाउँदै गर्दा बगर मेलाेकाे राेपाई पनि आधा जति सकियाे राेपार बाउसे दुबै हतार गरिरहेका थिय छिटै राेपाइ सकेर वाली गाउदै घरजाने र फेरि नाचगान गर्ने तरखरमा ।उता मुसुरि र जेठाबाकाे मनमा भने सपनाकाे सम्झनाले बेला बेला झस्काइरहन्थ्याे फेरि धेरै साेच्न हुन्न भन्दैै आफ्ना काममा लागिरहन्थे हुन पनि बाउसेहरुले काम सके र हातगाेडा धुने तरखरमा लागे काेहि बाउसे भने सँगैै राेप्नपनि लागे सबैजनाले काम सके र खाजा खान थाले खाँदै गर्दा उहीँ त हाे सँधैै जसाे मुसुरिले पकायकाे खानाकाे प्रशंसा सुरुभयाे मुसुरि मुसुस्क हाँस्दै बसिन् ।
याे पटक पनि राेटि थाेेेेरै हुन्छ भन्नेे शंका मनमा थियाे तर गाउँमा पैँचाे माग्दा पनि भनेजति पाइनन् र जति थियाे तेतिनै पकाएर ल्याईन्।।
सबैजनाले यकपटक दियकाे राेटि सकेर फेरि थप्न खाेजे दाेस्राे पटकपनि थपिसकेर तेस्राे पटकमा राेटि कम पर्ला जस्ताे लाग्याे मुसुरि मनमा लाज मान्दै साेध्न थालिन् "दाजु राेटि थपम्?" उनले हुुुुुन्छ भन्ने इशारा गरे तर नदेखे झैँ गरि फेरि साेधीन् "दाजु राेटि थपम?" उनले फेरि ईशारा गरे तर त्याे पनि नदेखे झैँ गरिन् किनकि साेलिमा अब ३ वटा राेटि मात्रै थिय तेसमध्य जेठाबा,मुसुरि खान बाँकी नै थिय भने छाेरछाेरि अरुखाना छैन भन्ने बुझेर २/२ वटा राेटिमै उठिसकेका थिय। अब अन्तिम पटक पनि यसरिनै नदेखेझैँ गर्छु साेध्न त पर्याे भन्ने साेचले "दाजु राेटि थपम्?" भनेर साेध्ने बित्तिकै गाउँले दाजुले पनि
 "थप्नुस् बैनी मैले खाकाे हैन काेदालाेले खाकाे हाे।"
 भने सबै जना गलल हाँसे माहाेल हाँसाेकाे भयाे अब भने थप्नै पर्ने भयाे र अँधेराे मुख बनाउँदै राेटि थपिदिइन् ।जेठाबालाई आँखा भरि आँँसु बनाउँदै इशारा गर्दै खाना छैन भनिन् ।
नअघाएकी पल्लाघरे कान्छिले मुुुसुरिकाे भाषा बुझिन् र अघाएकाे बाहना गरिन्।
सबैजना हातधुने तर्खरमा थिए आकाश फेरि गडगडायाे र पानिकाे छिटा पर्न सुरु गर्याे सबैजना आत्तिदै ल जाउँ जाउँ अहिले भल आयाे भने खाेला तर्न सकिदैन भन्दै घर जाने हतार गर्दैै हिँडे।
जेठाबा गाेरु डाेर्याउँदै र मुसुरि रित्ताे साेलीमा  माेहीकाे रित्तै ठेकी राखी बाेकेर मनमा अनेक साेच्दै हिड्न थाले ।।घर पुग्दै गर्दा झनै पानी दर्कियाे। असार महिनामा यसरी दर्कियकाे पानीले भलकाे रुप धारण गर्दै थियाे ।पानी राेकिने छाँटकाँट नगरेपनि परिवारलाईनै पिरलाे भयाे । बल्ल बल्ल बिराएकाे बगर खेत याे पालि त धान फलेपछि पैँचाे पनि तिर्नुथियाे,छाेराछाेरिले टन्न खान पाउँछन् कि भन्ने आशा पनि छँदै थियाे ।तर उनिहरुले जतिनैै पिर गरेपनि पानी राेकिएन खरले छाएकाे छानाे काे घर पनि चार तिरबाट धारा बग्न थाल्याे बर्षातकाे भेलले बाहिर निस्कन नसकिने भयाे भने भित्र पनि घर चुहिएर बस्न सक्ने भएन।
यसै गर्दा पारी पट्टिकाे ठुलाे भिरमा पनि ठुलै आवाजका साथ पहिराे गयाे ठुला ठुला ढुङ्गाहरु ठुलै आवाजका साथ पल्टिए । उता इन्द्रका आखा त यता जेठाबा र मुसुरिका आँखा रात भरि रसायरै बसे तैपनि मनमा केही भकाेछैनकी भन्ने झिनाे आशा त बाकी नै थियो अगेनाको डिलमा बसेका उनिहरु तेहि झपक्क भएछन् बिहानै तल्ला घरे साँइलाबा आउनुभाे  र "ए जेठा हेर त आज जता ततै पहिरो गकोछ रे हेर त हाम्रो अमिलोको बुटाे पनि बगाएछ" भन्दै आउनुभाे ।जेठाबालाई जाउँ हिड खेत हेर्न भन्नुभाे र जाने तयारि गर्दै खुर्पेटाेमा आँँसी राखेर कम्मरमा बाँधी हिडे ।
जाँदा बाटाेमा भएकाे धेरै क्षति देखेर मनमा जाँदै नजाउँ बरु म देख्न सक्दिन भन्ने पिडाले सतायाे र टक्क अडिए र भने "भाे साईलाबा नजाम् मेराे बिराएकाे खेत पनि पक्कै लग्याे क्यारे म हेर्न सक्दिन यदस तेसाे रैछभनेँँ ।" भने र हाेइन हाेइन हिन तेस्ताे त भाछैन हाेला भन्दै जाउँ भनेर साईलाबा ले कर लागयरै लियर हिडे
जब खेतमा पुगे तब जेठाबा बङ्लङ्ग ढलेे
नभन्दै उनका सबै सपना बगरखेत सँगै ढलेका थिए
उनका छाेरछाेरिकाे गास बर्षाकाे भेलले खाेसेकाे थियाे
पेटभरि खाने सपना टुटेकाे थियाे ।।
मनमा मुसुरिकाे च्यातिएकाे गुन्यु फेरिदिने रहर भेलसँगै बगेकाे देखियाे ।
रात दिन नभनेर गरेकाे काम त्याे बैँसले मात्तिएकाे बर्षाले तहसनहस पारिदिएकाे थियाे ।
साँच्चिकै त्याे बर्षमा बर्षालाई धेरै बैँस चढेकाे थियाे जुन खाेला किनारमा खेत त सबैका लगेकाे थियाे भने जेठाबाकाे खाेलाकाे केही काेश पारीकाे सबै बगरखेत समेत लगिदएकाे थियाे ।
हुनपनि प्रकृततिले नै निर्दयी बनेर घात गरिसकेपछि अब काे सँग माग्न जानू न त बर्षाले फिर्ता दिन्छ न त त्याे उर्लदाे भेलले फेरि उहीँ ल्याएर थुपारिदिन्छ
जेठाबा आफ्नाे बगरखेत संगै मितेरी गाँस्न गए।।
                      ***********

 धेरै पछि लेखनमा साेच आएकाे छ र यसरी लेख्ने पहिलाे प्रयास गरेकी छु कृपया हजुरहरुले पढेर सुझाब दिनुहाेला।
🙏🙏🙏

Comments

  1. पढ्दै गर्दा गॉंउ घर १५ असारको रोपॉंई आलिको डिलमा बसेर खाएको खाजा, बाउसे गर्दा रोपारेलाई हिलो छ्यापेर जिसेकाएको। पानि लगाउन कुलो नहर सोर्न हिनेको यावत कुराहरु ऑंखा अगाडी उतार्न सफल भएकाछन् हजुरका शब्दहरु। एकजम राम्रो छ। शब्दको भारोत्तोलन अझै वजनदार भए पढ्न झनै मजा हुन्थ्यो भन्ने चाहाना जिकीर गरें। अरु त समग्रमा राम्रो छ। निरन्तर कलम चलिरहुन्। 🙏🙏

    ReplyDelete
  2. आभारी छु हजुर पहिलाे प्रयास गरेकि हुँ हजुरहरुकाे हाैसलले केही जाँगर बढेकाे छ। आउँदाे यात्रामा ती कुराहरुमा ध्यान पुर्याउने छु

    ReplyDelete
  3. राम्रो छ दि
    अझै अगाडि बढ्नु होला
    लेख्न नछोड्नु होला
    सफलताको शुभकामना

    ReplyDelete
  4. बहुतै सुन्दर रचना

    ReplyDelete

Post a Comment