(कथा)"महिनावारिले दियको पिडा" भाग- २

             "महिनावारिले दियको पिडा"
                        भाग- २
 
जन्मदा खाली हात जन्मने हामी जब यस धर्तिमा आमाकाे काेखबाट पहिलाे पटक अवतरित हुन्छाैँ र तब बल्ल रुने सीप प्राप्त गर्छाैँ र रुन नजानेपछि रुवाउने काेसिस गरिन्छ। सिकाई बढ्दैगर्दा बिस्तारै भाेक लाग्दा रुनुपर्छ भन्ने लाग्छ र बच्चा भाेकलाग्दा रुने गर्छ तब बल्ल खाना पाउँछ ।
बिहानै रेडियाेमा ७:००बजेकाे समाचार आउँछ जसमा मुख्य समाचारकै रुपमा अछाममा एक किशाेरीकाे छाउगाेठमा सुतिरहेकाे समयमा सर्पले टाेकेर मृत्यु । दैेलेखमा छाउगाेठमा आगलागि भयर एक महिला घाईते।!
 रुपाकी आमा झसङ्ग हुन्छिन् र फेरि हैन हामिलाई तेस्ताे हुँदैन हाम्राे त देवता धेरै राम्रा छन् केही हुन दिने छैनन् यस्ताे समाचार सुन्न हुन्न भनेर हत्त न पत्त रेडियाे बन्द गर्छिन् रुपाकाे हजुरबुवाले हैन समाचार सुन्न पनि नदिने के भाकि याे बुहारी भन्न थाल्छन् र फेरि रेडियाे खाेलिदिन्छिन्।
यस्ता समाचारहरु सुन्न भन्दा नसुन्न पायनै हुने जस्ताे उनलाई लाग्छ किनकि रुपाकि आमा आज्काल गाउँ गाउँमा संघ संस्था हरुले समूह खाेलि दिएकाे, प्राैढकक्षा सञ्चालन गरि दिएकाे भएर केही बुझ्न थालेकी पनि थिईन् ।उनका  देवर देवरानी नै पढेलेखेका छन् गाउँकाे कुरिति सहनुपर्छ भनेर गाउँ जाने पनि गर्दैनन्।तर अनपढ रुपाकी आमा के गरून् घरधन्दा सिहार्नै पर्याे उनिहरु गाउँमै छन्।
रुपा सबैकाे नजरमा धेरै राम्री संस्कारी बनेकि थिइ र अब उसले जानी जानी घर र हजुरबुवा लाई जब छाेइ र उसले महिनावारि हुँदा घरमै बसेकाे कुरा बाहिर आयाे यक्कासी सबैकाे नजरमा नराम्री भइ किनकी सबैकाे नजरमा पुर्खादेखिकाे परम्परा ताेडिएकाे छ।
सँधै सबैकी प्यारी रुपा आज सबैकाे नजरमा कुसंस्कारी बनेर निस्किएकी छे।
यसले पढेर राम्राे गर्लि भनेकाे के राम्राे गर्थि भन्न थाले के गराेस सबै सँग महिनावारिकाे ७ दिनमा घरपसेर माफी मागी र हजुरहरुले भनेकाे सबै मान्छु भनी।
रुपा यक्ली थिइ उसकाे यक्लाे प्रयासले केही लागेन उसलाई महिनावारीकाे ८ दिन भयपछि घरमा धामी
बसालियाे रुपाले धामी सँग माफी मागी घर पनि शुद्ध बनाउनु पर्ने भाे सबै विधि गरियाे।
केही दिनमा रुपाकाे फेरि महिनावारी चक्र सुरुभाे उसले यसपटक सबैकुरा बाट हार खाइसकेकी थिइ छाउगाेठमा गई हिउँदकाे समय थियाे र झरि पर्ने छाँटकाँट देखिन्थ्याे ।
एक त चिसाे दिन अझ झरिपर्न थालेकाे भनेपछि उता आमाकाे मनमा पनि शान्ति थियन कि छाेरि कसरी सुत्छे भन्ने थियाे भने
छाेरीलाई त भाेग्नुनै परिरहेकाे थियाे हुन त आमाले पनि महिनामा ५ दिन छाउगाेठ बस्नै पर्थाे तर उनले कुरितिलाई स्विकारि सकेकी थिईन् तर रुपालाई पढाइले केही आँखा खाेलेकाे हुँदा मन मान्न तयार थियन चिसाे सिरेटाे सँग सिमसिमे पानी पनि पर्न थालेकाे थियाे रुपा जाडाेले थर्थर् काम्दै रात काट्दै थिई करिब रातकाे 12 बजेकाे थियाे तेसैबेला उसकाे छाउगाेठमा  एउटा कालाे खम्बा जस्ताे देखियाे रुपाकाे मनमा डरले छाेप्याे र उसले केहाे भन्दै हल्ला गरेर चिच्याउन थाली त्याे देखेर खम्बा एकैछिनमा हरायाे ।
डरले रातकाट्न कठिन भयाे बिस्तारै उज्यालाे भाे रूँदै आँसुका धाराहरु सँग मनका बहहरु पाेख्दै मनमनै भनी मेरी आमालाई याे सबै भाेग्नुपर्दा र बच्चाहरुसँग छाउगाेठ बस्नुपर्दा कति दुःख भाे हाेला !!
तेसैले त भन्छन् नि छाेरिले आमाका हरेक पिडा दाेहाेर्यायर भाेग्नुपर्ने भएकाेले आमाकाे पीडा छिट्टै बुझ्ने गर्छन्। मेरी आमालाई पनि कति गाराेभाे हाेला मलाइ त के  नै हाेर भनेर चित्त बुझाउन थाली  तर पनि
दिनभर रातमा देखियकाे खम्बा मानस्पटलमा घुमिरह्याे किन किन दिन भर उसकाे मन शान्त
भयन ।
एक मनले मन मनै साेच्न थाली  "रजस्वला" मात्रै!शारीरिक प्रक्रिया हो भनेर मेरी आमाले र हजुरआमाले नमानेसम्म ! र  "स्त्री"जननी हुन् ,पूजनीय छिन् ,भनेर मेरा "बा र हजुरबा"ले नमानेसम्म!! यहाँ कसैले केहि गर्न सक्दैन भन्ने कुरा खेल्न थाले बुवा सँग लडाई गराेस् भने छाेरिले तेसरि बाेल्न सक्ने परम्परानै थियन र घरमा पनि थियनन्। उसका पिता छाक टार्ने जाेहाे गर्न भारत पसेका थिए।
फेरि कक्षामा शिक्षिकाले भनेका कुरा सम्झन थाली उहाँले "महिनावारी शारिरिक प्रक्रियानै हाे तर याे कुरिति हटाउन प्रत्येक घरमा बुवाहरुले साथ दिनुपर्छ।"
एक दिन संघ सस्थामा काम गर्न आएकी उस्लाइ मन पर्ने लक्ष्मी दिदी पनि महिनावारि भयर आउनुभयको रहेछ रुपाले कसैलाई नभनि आफ्नैै घरमा आफै सँग सुताएकी थिई तर तेतिबेलामा पनि कसैलाई केही भएकाे थिएन। रुपालाई यस्ता कुराले मन सारैै पिराेल्ने गर्छ आखिर घरमा बास सम्म भयपनि कती सजिलाेे हुँदाेहाे थापाउदा सबैथाेक हुने र थाहा नपाउँदा केही नहुने महिनावारी प्रकृतिले छाेरिमान्छेमैै किन राखिदिएका हाेलान्!! यस्तै साेच्दै गर्दा बुवा आएपछि अब भारत जानै नदिने मैले यसलाइ हटाउनै पर्छ भनेर पनि साेच्थी अझै घरि घरि घर भित्रै दिनुपर्ने अग्निपरिक्षाकाे कहिले अन्त्य हाेला र सुरक्षित बास बस्न पाहियला यस्तै कल्पनामा डुबिरहन्थी।
झसङ्ग झस्कियर अघिल्लाे पटकका कुरा सम्झन थाली भाे बुवा नआउन्जेल सम्म याे कुरै निकाल्दिन भनेर मनकाे उथुलपुथुल चुपचाप गराउँदै थी।
साँझ पर्याे र आमा खाना लिएर आइन् खाना खाँदै
गर्दा आमा सँग भनी आमा ! राती खै के हाेला? हेर्दा मान्छेजस्तै तर अँध्याराे हुनाले हाेला कालाे खम्बा देखियाे बाहिर र तेसपछि म ठुलाे आवाजमा चिच्याय पछि हरायाे मलाइ सारै डर लागिरहेछ एक्लै सुत्न भनी तर भाइ बहिनी सानै हुनाले  साथी बसिदिने काेही भयन साथीलाई बाेलावस् पनि कसलाई त्याे चिसाे सिरेटाेमा कसलाई दुख दिनु फेरि सुत्ने ठाउँपनि साँघुराे र भनी र भैहाल्याे आमा चिन्ता नगर्नुस् म सुतिहाल्छु भनी आमाछाेरि यकछिन् कुरा गरे आमाले भन्नुभाे हेर छाेरि तैले अब जिद्दि नगर यहाँ कसैले सुन्दैनन् तिर्खा लाग्दा पानीकाे बगिरहने धारा छुन त पाइदैन भने याे तेराे सपना अन्त्य हुँदैन भनिन् ।रुपाले पनि हुन्छ आमा म हजुरलाई दुःख दिनेछैन भनी।
आमाकाे मन हाे रुपाले बताएका कुरा सम्झदा के हाेला त्याे खम्बा कि काेहि मान्छे हाेकी भनेर आफ्नै समयकाे कुरा सम्झिइन् जुन रजस्वला भएकाे  अवस्थामा छाउगाेठमा सुत्न पठाउने ठुलाबडाकाे कुरा मान्नु पर्छ भन्ने उनका श्रीमान् रजस्वलाकाे समयमा कसैलाई नभनि छाउगाेठमा पुग्ने र सहबासकाे आशा राख्ने गर्थे सहबासमा रजस्वला सम्म नकुर्ने आफ्नै श्रीमान् छुन हुन्न छाउगाेठमै सुत्नुपर्छ भन्ने प्रथालाई प्राथमिकतामा भने खै किन राख्थे!!  उनले आफ्नाे भाग्य सम्झेर दिन कटाउने कुरा उनका आँखा अगाडि नाचीरहन्छन् यस्ता कुरा हरु भन्नू त कसलाई भन्नू नभन्नु भने जिन्दगी भरि यहि पीडा सहेर बस्नुपर्छ। फुले त सहजै सहिन् तर आफ्ना सन्तानले सहेकाे कसरी हेर्ने !
रात पर्याे आज भने पानी राेकीएकाे थियाे ज अघिल्लाे दिन भन्दा धेरै भएकाेले आज आगाे बाल्ने निर्णय गरि आगाे बालेपछि केही न्यानाे अनुभव गरि अघिल्लाे रात नसुतेकिले एक छिन् भुसुक्क निदाइछ समय करिब १२ देखि १ बजेकाे बिचमा थियाे हाेला झसङ्ग बिउँझदा हिजाेकाे कालाे खम्बा आज नजिकै देखि आज त्याे खम्बा धेरै नजिक थियाे खम्बाकाे अनुहार समेत देखिन्थ्याे गाउँकाे चिनेकाे मान्छेकै अनुहार देखिँदा पहिले त धेरै डराईन तैपनि मनमा शंका मानेर उसकाे मुटुले ढ्याङ्ग्राे ठाेक्न थाल्याे र साेधी।
"यतिबेला हजुर यहाँ किन आउनुभयकाे?"
सर्लक्क परेकाे टाउकाेकाे माथी लामाे टुप्पीवाला मानिस थियाे उ पनि धामी झाँक्रीकाे नाममा भ्रम फैलाउँदै हिड्ने मान्छे थियाे आज त उ पुरै तयारिका साथ आएकाे रहेछ ।रुपाकाे नजिक सर्न थालेपछि उ डरायर चिच्याउन थाली मध्यरातकाे समयमा कसले सुन्थ्याे।
चिच्याउँदा चिच्याउँदै अर्काे रहस्य देखेर झनै चकित परि उक्त मानिसकाे साथमा अरु दुइजना पनि रहेछन्
यस्ताे कहाली लाग्दाे परिस्थिति सम्झेर रुपा भाग्ने काेशिस गरि उनिहरु ३ जना र उ यक्लै उसकाे के लाग्थ्याे ।तैपनि काेसिस छाेडिन भाग्ने काेसिस गर्दा गर्दै रुपा बारिकाे कान्लाबाट तल खसी खसेपछि उसलाई खुट्टामा चाेट लाग्याे र हिड्न,भाग्न सकिन भागेर पनि कता जानू घर जान बन्देज थियाे । उनिहरुलाई पनि भनेजस्तै भयाे।रुपालाइ समायर मुखमा रुमाल बाँधीदिए ताकी उसकाे आवाज बाहिर नजाओस्
उनिहरुले रुपाकाे मुख बुजिदिए मुख नबुजे पनि कसले पाे सुन्ने थियाे बारिकाे पुछारकाे चिच्याहट यदि सुनेपनि भुत कराएकाे ठानेर सबै डरायर भित्र पस्ने थिय ।
ती तेस्ता भुतहरु गाउँमा सायद धेरैले देख्ने गर्दथे कसैले त भुत नभयर मान्छेनै भयकाे कुरापनि लुकाएका थिए हाेला ।
एकजनाले रुमालले मुख बुजिदिएकाे थियाे त कसैले हात बाँधिदिने गरे कमजाेर र यक्ली रुपाकाे यक्लाे अवस्थामा के लाग्ने थियाे र तीन वटा भुष तिघ्रेहरुकाे अगाडि सके सम्म त लडेकी थी नसकेर हारी उसकाे अस्मिता पालै पालाे लुटियाे तीन जनाले आफ्नाे याैन इच्छा पालैपालाे पुर्ण गरि उसकाे जीवन ध्वस्त
पारे। ती नरपशु हरुलाई त आफ्नाे इच्छा पूरा भयाे तर बिचरी सानाे उमेरकी रुपा ३/३जनाकाे अत्याचार के सहन गर्न सक्थी रजस्वलाकाे रगत सँग सँगै अत्याचारकाे रगतपनि सँगसँगै भल बगेर आयाे रुपा शारिरिक रुपमा मरिनसके पनि मानसिक रुपमा मरिसकी लडेर खुट्टामा चाेटकाे रगत त उसकाे लागि सामान्य भयाे।
जब उसकाे अस्मितामा पालै पालाे खेलिरहे तब सम्झना आयन हाेला कि आफु पनि महिलाबाट नै जन्म लिएँ र आफ्नाे पनि सन्तान छाेरि हुन सक्छन् भनेर । हुन त के साेच्थे साेच्ने क्षमता भय तेस्ताे कसरी हुनेथियाे र !
सबैले उसकाे अस्मितामा खेलिसकेपछि उसले कसैलाई भनिदिने डरले हात खुट्टा बाँधेर उ सुतेकै ठाउँमा लडाइदिए।  छाउगाेठमा बाहिर बाट आगाे सल्काएर छाडिदिय र हिँडे ।
अनेक तरहले आफ्नाे इज्जतमा दाग लाग्न नदिएकी रुपा महिननावारी हुँँदा गोठमा सुत्नु परेकोले आफ्नाे अस्मिता बचाउन सकिन।
हुन त रुपालाई यति भैसकेपछि बाँच्ने रहर त पटक्कै थियन तैपनि भन्छन् विष खायर मर्ने रहर गरेकाे ब्यक्तिपनि अन्त्यमा बाँच्ने रहर गर्छ रे। उसले अनेक काेसिस गरेकि थी बाँच्ने तर उसकाे हात खुट्टामा बाँधियकाे डाेरि र मुखमा बाँधियकाे उसकै सलकाे टुक्रा रुमालले केही गर्न सकेन आगाेकाे मुस्लाे सँगै रुपापनि तेसमै मिसिएर आगोको मुस्लो सँँगै खरानी बनी।
भाेलीपल्ट आमाले खाजा लियर जाँदा खरानीसँँग बिलिन हुन पुगेकी रुपालाई देखेर मुर्छा परिन्।
सबैलाई उसकाे ज्यान आगोले लगेकाे महशुस भयाे
तर वास्तबिकतामा अपराधीहरु खुल्ला रुपमा हिडिरहेका थिय त्याे भन्दा पनि ठुला अपराधी समाजकाे कुरिति जिम्दै थियाे जिम्दै छ र कहिले सम्म रहने हाे थाह छैन।
रुपाकाे देहान्तले केही निश्कर्ष निकाल्न सकेन रुपाकाे ज्यान बेअर्थमा बेकार हुन गयाे
आमालाई ममताकाे बादलले ढाकेपनि कुरितिकाे जराेले उम्कन दियन ।
कसैले त रुपाले बाहिर सर्दा नभनेकाले उसलाई देवताले श्रापदिएकाे कुरा पनि गर्न थाले भने देवताले अझ कति दुःख दिन्छन् यीनिहरुलाई पनि भन्न थाले
मानिस हरु छाउगाेठमा यक्लै सुतेकाे तेहाँँ बलात्कृत भयकै र बलात्कारिकै कारण ज्यान गएकाे कारण जान्न  चाहान्थेनन् सायद ।
तर जसले रुपाकाे अस्मिता माथी खेलेर ज्याननै लियाे उ आफै रक्षककाे रुपमा भक्षक बनेकाे थियाे आफै लामाे टुप्पी पालेर देवताकाे निहुमा कति चेलिहरुकाे अस्मिता लुटेहाेला ।तेस्तै पिडित बनेका हरु हाम्राे आवाजले केही हुन सक्दैन भनेर कुरा बुझेपनि नबुजेझैँ गर्न थाले सायद ।
छाेरीकाे ज्याननै नरहेपनि रुपाकी हामालाई कसले के भन्याे किन भन्याे के बुझ्न सक्थिन् र अचेत अवस्थामा कस्तै कस्टमा पनि आफ्ना रगत पसिना एक एक गरेर सिञ्चेर जन्माएर  हुर्काएकी छाेरीकाे आफ्नाे अगाडि खरानी बनेर मुढाे झैँ लडिरहेकाे देखेपछि के सहन हुन्थ्याे कतिपय मानिसहरु मुर्दापनि महिनावारीमा मरेकाे भनेर छुन मानेनन् भने रुपा मरेर लडिरहि उसकी आमा जिउदै मरे समान भएर लडिरहिन्।
                       *********





 नाेट:अझैसम्म जराे गाडेर रहेकाे छाउपडिकाे बारेमा केही लेख्ने काेसिस गरेँ जुन अझै21औँँ शताब्दिसम्म पनि केही भेगमा यथाावतनै छ पढेर सल्लाह सुझाब दिनुहाेला।

Comments

  1. धन्यवाद हजुर तेसमा बिचार गर्छु अब

    ReplyDelete
  2. यथार्थ परक अत्यंत सान्दर्भिक सुन्दर रचना���� कलम ले निरन्तरता पाओस्

    ReplyDelete
  3. गाउॅंघरका वास्तबिकता झल्काईएको निकै मार्मिक लेख ।

    ReplyDelete

Post a Comment