ठक्कर

 म सम्झन्छु

म कहाँ ठाेक्किएँ

र मेरा सपना कहाँ ठाेक्किए

बाटाे हिड्दा गल्लि गल्लिमा 

अझ भनाैँ सानाे ढुङ्गामा 

समेत म ठाेक्किँदा 

मेरा सपना पनि सँगै हुन्छन्

मनकाे बजारमा छरपष्ट छरिएर 

लड्दै पनि हिडिरहेका छन्

आँखा बन्द गर्छु। 

हिड्दा झाेलामा समेटेका 

सपना सम्झन्छु।

कहाँ कहाँ टुक्रिएनन् यिनिहरु

कुरा काट्नेहरुकाे प्रत्येक 

कुराहरुमा,

अभावकाे भुमरीमा 

तृष्णाले छटपटिएका 

हरेक रातहरुमा

पीडा,दु:ख,वेदना अझ भनाैँ

बर्षा/भेल,चिसाे गर्मी 

सबैले थिचिरहेकाे ठान्छु

कतै अपमानले तिरस्कृत  

दिनकाे उज्याराे र 

मनकाे अन्धकारमा।

प्रत्येक पाईलाहरुकाे 

डाेब डाेबमा बिझाउने 

तिखा ढुङ्गाहरु छरिएका 

काँडाहरुमा

खुसीकाे पर्खाई गर्दै 

पिढिमाँ बिताएका 

अँधेरी रातहरुमा 

म वर्णन गर्न सक्दिन 

म कहाँ ठाेक्किएँ 

अनि कुन ठाेक्काइलाई 

ठक्कर भनुँ।

Comments

Post a Comment