गजल

गजल
सम्मान बिनाकाेनै सलामीकाे के काम हजुर
मुखलेनै  ठिक्कपार्ने दामीकाे के काम हजुर।।

जीउँदाे हुँदा सम्म एकान्तले गिज्याउँछ भने
मृत्युपछि जाने ती मलामीकाे के काम हजुर।।

मान  छैन  सम्मान  छैन  नसुहाउने पारा हुँदा
पहिचानमा खाेटभए नामीकाे के काम हजुर।।

दिलकाेपुर्जामा आफ्नैमात्र हस्ताक्षर चाहान्छाै
वचनमा मात्र सिमित हामीकाे के काम हजुर।।


Comments