गजल(चाहान्छु)

दियाेकाे पीडा
आफुमै जलेर तिम्राे भारी आफै बाेक्न चाहन्छु
अन्धकारले थपिदिने अन्दाधुन्द राेक्न चाहन्छु।।

तिमी निर्दयपनमा जलाउँछाै सुख वा दुख दुबैमा
अश्रुधाराले दु:ख घाेकाउँदै गर म घाेक्न चाहन्छु।।

तिमीमा त पाहुनाकाे रुपमा सुख आउने गर्छनी
म तिम्राे लागि मधुराे धुँवा बनेर खाेक्न चाहन्छु।।

सम्झनु मलाई हर बखतमा म जल्न तयार हुनेछु
ती हरेक पीडा तेलकाे साहरामा धाेक्न चाहन्छु।।

Comments