कथा (सत्यकुरा)

सत्य कुरा



भगवान हुन्छन् र हुँदैनन् यहि कुराले कहिलेकाही धेरै मतभेद पैदा गरिरहेकाे हुन्छ। जब प्रकृतिले सृष्टि गरिरहेकी हुन्छिन् तब काेहि धनी काेही गरिब नगराइ धन दाैलतमा पनि भाग बन्डा गरिदिएरै जन्म दिए हुने।



भन्ने मनका कुराहरु कहिल्यै साेचेर र मागेर नसकिने छन् ।हुन त सबैलाई सुखै सुख हुन्थ्याे भने पनि जीवन जीउनुकाे के मजा! यस्ता साेचले पनि दिमाखकाे भकारी भरिदिएका
हुन्छन् ।
जीवनमा अनेक दुःख अकल्पनीय सुखका साथहरुले अटुट रुपमा सम्बन्ध बलियाे बनाईरहेका हुन्छन्।
यस्तै भाेगाईकै क्रममा म पनि कुनै ठाउँलाई कर्मथलाे बनाएर केही परिवर्तनमाे अाशा बाेकी गाउँ गएकी थिएँ। मध्यपश्चिमकाे कुपाेषणकाे अवस्था नेपाल भरिमा धेरै तिब्र गतिमा फैलियकाे हुँदा उक्त सुधारगर्ने अवसरमा हामिलाई काममा खटाईएकाे थियाे।
प्रकृतिले रचेका सबै चिज बस्तुहरु सुन्दर हुन्छन् तेहि पनि बन जंगल मानव तथा प्राणीहरु त फुर्सदमै बनाउन भ्याईहाेलिन् उनले।
याे कुपाेषण भन्ने रोग पनि अचम्मको हुने गरिब लाई पनि लागिदिने र धनी लाई पनि लागिदिने गरिबलाइ खान नपुगेर लाग्ने त धनिलाई खान नजानेर हुने। यस्तै शिलशिलामा खान सिकाउनु पर्ने बाध्यता पर्न गयो साथमा सरसफाइ पनि आबस्यक हुन्छ भन्ने कुराको छाप सबैको दिमाखमा भरिदिनु थियो।
 यिनै पाेषण सम्बन्धी कार्यक्रमकाे शिलसिलामा वडा स्तरकाे  पाेषण अन्तर्क्रिया कार्यक्रमका लागि स्वास्थ्य केन्द्रका इन्चार्ज र सामाजिक परिचालिका सहित वडामा जाँदै थियाै धेरै जंगलकाे बाटाे र तेहा पनि उकालो ओरालो समेत हिड्नुपर्ने भयकाेले दिन भर हिडेर करिब दिनकाे चार बजेतिर गाउँमा प्रवेश गर्याैँ उक्त ठाउँभन्दा केही शहरमा हाम्राे बसाई भयकाे कारणले गाउँमा उकालाे ओरालाे गर्दा केही गाराे लाग्ने कुरा स्वभाविक नै थियाे। धेरै हिडाई पछि गाउँ आउँदा मनमा शान्ति यस कारणले छायकाे थियाे कि अब गाउँ आयाे पानी खान पाहिनेछ।
आजकाे रात पनि यतै बिताउन पाय हुने थियाे भन्ने आशा पनि मनमा पलाएकाे थियाे तर तेहाँ पुगेपनि हाम्राे हिडाइ अझ २ घण्टा हुनेछ भन्ने सुनेपछि भने अझै मनमा शान्ती मिलेन ।
गाउँ देखिय सँगै घरकाे नजिकै पनि पुग्याैँ भाेलिपल्ट काे
वडा स्तरिय अन्तर्क्रियाकाे लागि १००० दिने आमाहरुलाई  जानकारी गराउने पनि उद्देश्य थियाे।

जब घर देखियाे हेर्दा त जंगलकाे बिचमा भयकाे घर घर भन्दा माथिल्लाे गरामा ढिकि र साना नानि बाबुहरुले ढिकिमा धान कुटिरहेकाे यकदमै सुन्दर दृश्य देखियाे। मनमा त त्याे दृश्य कैद गर्न धेरै मन लागेकाे थियाे तर बिडम्बना हामी तिन जना सहकर्मि मध्य कसैकाे माेबाइल र क्यामरा कुनैमा चार्ज थियन र सकियन।हामी तिनै जनाले कुरा गर्याैँ माेबाइलकाे ब्याट्रि सम्झियाैँ। बिचमा स्वास्थ्य सहकर्मी सरले भन्नुभाे कि हामिलाई यस दृश्यकाे कैद गरेर आहा! यस्ताे पाे असली पहिचान भन्ने त गर्छाैँ तर यहाँका बासिन्दाकाे वास्तविक जीवन हाे याे जुन उनिहरुलाई धेरै दुःख र कष्ट भैरहेकाे छ भन्नुभाे यसाे सम्झिदा हाे जस्तै लायाे।
हेर्नुस् यहाँ चर्पी त बनेकाे छ तर चर्पि सजावटकाे लागि मात्रै छ सरले जंगलकाे बिचमा रहेकाे घरका बासिन्दाकाे चर्पिकाे ढाेका तर्फ नजर घुमाउने आग्रह गर्नुभयाे तेहाँ कपडाकाे ढाेका बनेकाे थियाे त्याे पनि च्यातियर धुजा परेकाे!
हेर्दा अचम्म लायाे यस्ताे जंगल जहाँ काठ प्रसस्त पाईन्छ तेहाँ कपडाकाे ढाेका छ यहाँका मान्छेहरु वास्तबमै पिडित छन् मेडम् भनेर सरले अझ कुरा थप्नुभयाे मलाई झनै अचम्म लायाे। भयकाे साधन किन प्रयाेगमा नल्याएका हाेलान् सर ? भनेर मैले प्रश्न गरेँ  "बिस्तारै बुझ्नुहुन्छ मेडम्" भनेर सरले कुरा सकाउनु भयाे ।
पुन: सरले "कतिपय कुराहरु बुझेर पनि नबुझे झैँ गरि बेवास्ता गर्नु यहाँकाे र यहाँका बासिन्दाकाे बाध्यता हाे मेडम् हजुरहरु पनि बिस्तारै बुझ्नु हुन्छ"भन्नू भयाे ।

 हामी ढिकि नजिकै पुग्याैँ एक जना करिब १२ बर्ष जतिकि बालिका थिइन् त अरु साना साना बालबालिका गरि चार जना थिय ।
 हामीले नानू तिम्राे घर कुन हाे भनेर साेध्याैँ किनकि तेहाँ लहरै तिनवटा घरहरु थिय।उनले दायाँहातले हाम्राे बायाँ तर्फकाे घर देखाइन् ।फेरि हामिले तिम्राे घरमा सानाे २ वर्ष मुनिकाे भाई बहिनी छन् भनेर साेध्याैँ उनले छन् दुईवटा भनेर भनिन् ।हामिले तिम्राे आमा खै भनेर साेधेकाे घर तर्फ देखाईन् र घरमै गयाैँ । सबै जना घरमा पुगेपछि एकजना बिमारी महिला देखिनुभयाे हेर्दा उहाँ धेरैनै कमजाेर र शरिरमा रगतकाे मात्रा सकियकाे जस्ताे र धेरै नै कमजाेर देखिनुहुन्थ्याे मैले किन हजुर त धेरै बिमारि जस्ताे देखिनुहुन्छ त भनेर साेधेँ तेसपछि उहाँकाे आँखाकाे डिलमा आँसुले भरियाे। हामिलाई मानाैँ यनिहरुले मेराे उद्धार गर्नै आएका हुन् जसरि हेर्नुभयाे भन्ने उहाँका आँखा र अनुहार हेरेरै बयान गर्न सक्थ्याेैँ। हामिले उहाँलाई बस्न अनुराेध गर्याैँ ।उहाँ धङधङाउँदै बस्नुभाे केही साेध्ने प्रयास गर्दा गर्दै भित्र सानाे बच्चा राेयकाे आवाज आयाे मैले हजुरकाे सानाे बैच्चा रहेछ भुलाउनुपर्याे पहिला भनेँ ढिकि कुटेकि नानिले समायर बाहिर ल्याईन् र याे त अघिदेखि भाेकायर राेयकि राेइ छ भनिन् हामिले खुवाउ न त भन्याैँ तेसपछि उक्त महिलाले खुवाउने केही छैन अब त्याे धान कुटेर खुवाउने हाे भन्नू भयाे उक्त गरिबिकाे अवस्तथा देखेर पहिले ती आमाकाे आँखामा आँसु छचल्केका थिय भने अब मेरा आँखामा आँसु भरिय।
 म अझ तीन छक त कुन कुरामा परेँ कि उनकाे ती रुने बालिका ९ महिने छाेरि रहेछिन् भने काखमा ३ दिनकाे बच्चा अर्काे भैसकेकाे सुत्केरिमा धेरै रगत बगेकाे रहेछ र उनी तेस कारणले नै कमजाेर देखियकि रहिछिन् ।भने ती बच्चा बच्चि खाने दूध नभयर राेयका! तीन दिन सम्म आमाकाे दूध नआयकाे र आयन भनेर खुवाउने प्रयासपनि नगरियकाे ।

हामी केही छिन् केही बाेल्न सकेनाैँ किन कि तेहाँ काे अवस्था बाेलेर ब्यक्त गर्न सक्नेनै थियन नाै महिनाकी बच्चीकाे ताैल कम जस्ताे देखिने  मुख साेहाेरियकाे भाेकले रुँदा रुँदा हुन सक्छ स्वर सुकेकाे  कुपाेषणकाे घेरामा परिसकेकि थिईन् साथै भर्खर जन्मेकाे शिशुपनि हेर्दा कम ताैलकै देखिन्थ्याे हरेक घर घरमा पुगेर १००० दिनका आमाहरुलाई परामर्श गर्दै हिड्ने म घाँटिमा ठुलै ढुङ्गा अड्किय झैँ भयाे किनकि घरमा खाने अन्न छैन दुइओटा बच्चा दुइवर्ष मुनिका छन् भने अरु चार बच्चा पनि छन् । हामी दुइजना महिला हरु बाेल्न नसके पछि सरले साेध्नुभयाे हामिले गर्भवति भेला गरेका थियाैँ तेहाँ नि आउनु भयन खाेप केन्द्र गाउँघर क्लिनिक कतै आउनुहुन्न हजुरकाे कुनै ठाउँमा गयकाे रेकर्ड देखिदैन।
हजुरले बच्चालाई सुई कहाँ लगेर लाउनुहुन्छ भनेर साेध्नुभयाे।
 उक्त जवाफमा लगायकै छैन भन्नुभाे  तेसपछि सरले किन लाउनुभयन भन्ने प्रश्नकाे उत्तरमा अगाडि जन्मियका सबै छाेरि छाेरि हुन् यी छाेरि बाँचे बाँच्लान् मरे मरुन् भनेर भन्ने आयाे फेरि सरले हजुरले साँच्चिकै मनमा यस्तै साेच्नुहुन्छ र भन्नुभाे कि घरकाे व्यवहारले यस्तै गरायाे?
उत्तरमा बड्डाले यस्तै भन्नुहुन्छ मलाई त माया लाग्छ छाेरिहरुकाे पनि आफ्नाे काेख चिरेर जन्मायकी हुँ यिनिहरुलाई राम्राे भय हुन्थ्याे जस्ताे त किन नलाग्नु। तैपनि सरले बच्चाकाे भविष्य आमाकाे हातमा हुन्छ यदि उहाहरुको आमाले पनि यस्तै गर्नु हुन्थ्यो त अहिले यसरी यह आउनुन्थ्यो होला भन्नुभो उहाँकाे कुरा सुनेर हामी मनमनै भक्कनियाैँ तर देखाउन मिल्ने अवस्था थियन किनकि हामी तेहाँ परामर्शका लागि गयका थियाैँ ।हामिले मनमा गाँठाे पार्दै केही समय नबाेलि बस्याैँ र फेरि मैले हजुरकाे सबै बच्चा कतिवटा छन्? भनेर साेधेँ तेसपछि उहाँले दुईवटा बच्चा जन्मेर मरे र यउटा गर्भ सात महिनामा आफै खेर गयाे भन्नुभाे तेसरि हिसाब गर्दा उहाँका ९ वटा बच्चा भय फेरि मैले उहाँकाे उमेर साेधेँ उहाँले २८ बर्ष बताउनुभयाे। याे सुनेर झनै चकित पर्याैँ।
उहाँकाे श्रीमान देउता पुज्न पुर्व बसाेबास गर्ने जिल्ला कालिकाेटमा जानुभयकाे रहेछ । यतिबेला नै किन जानुभाे भनेर साेध्दा उहाँ  देवतासँग छाेरा माग्न जानुभयकाे भन्ने जवाफ सुन्याैँ ।घरमा प्रशुतिको समय भयकि  गर्भवति श्रीमती छाडेर देउता सँग छाेरा माग्न गयका श्रीमान कहिले घर फर्कन्छन् अत्ताे पत्ताे थियन हामिलाई पनि हिड्नु थियाे ।
सरले आफ्नाे झाेलाबाट केही औषधी झिक्नुभाे म सँग पनि सिटामाेल थियाे उहाँलाई हामी सँग भयकाे औषधी दियाैँ र खानपानमा ध्यान दिनुस् भाेलि बिहान छाेरिलाई स्वास्थ्य स्वयम् सेविकाकाे घरमा आईरन चक्कि लिन पठाउनु र हजुरकाे श्रीमान आयपछि हामी  सँग भेट गराउनुहाेला भनेर तेहाँबाट प्रस्थान गर्याैँ ।उहाँलाई उक्त अवस्थामा केही भन्न सक्ने अवस्था थियन ।
जाँदै गर्दा बाटाेमा धेरै कुराहरु बारे विश्लेषण भय ती जंगलकाे कुनामा बसेका आमाहरुलाई परामर्श गर्न काे जाने कसरी जाने र उनिहरुकाे डढेलाे लागेकाे जीवनस्तर मा हराभरा कसरी ल्याउने काेहि आउन सक्दैनन् यहाँ अझैसम्म छाेरा छाेरिलाई खाेप नलाउने र  गर्भ जाँच गर्न नजिकैकाे पायक पर्ने केन्द्र सम्म जान नमान्ने ब्यक्तिहरु धेरै छन् यदि हामी समयमा तेहाँ पुग्थेनाैँ भने त्याे बच्चा र आमाकाे ज्यान जाेखिममा हुने थियाे रगत बगेर हेर्दै साेहाेरियकाे सेताे अनुहार दुईवटै बच्चा दूध खान नपायर राेईरहेका तेहाँकाे अवस्था र  तेसकाे जिम्मेवारी कसले लिने शहरका महलमा बसेकालाई तेस्ता कुरा एकादेशका
कथा लाग्छन् तर गाउँकाे बास्तबिकता यहि हाे सत्य कुरा यहि हाे।
‌पहाडकाे कुना कन्दरामा रहेर काम नै जीवन मानेका ती ब्यक्तिहरु आफ्नाे स्वास्थ्य राम्राे हाेस् भन्ने त किन नचाहदाहुन् र तैपनि बाध्यता अर्कै छ तेसमाथी कुरितिले भरिएकाे साेचबाट उम्कन पाउने किसिमकाे शिक्षा छैन तेस्ताे कन्दरामा काे पुग्ने र शिक्षा दिने ।
भाेलिपल्टकाे अन्तर्क्रिया पछि उक्त कुरा सबैलाई जानकारि गरायाैँ र गाउँकै ब्यक्तिहरुले केही अन्नकाे सहयाेग गर्नुभयाे र उहाँकाे श्रीमान् घर फर्कने समय सम्मलाइ राहत मिल्याे।
केही समयपछि छाेरा पायकै आशामा खुसि भयर पनि हुनुपर्छ छाेरा र छाेरि दुबैलाइ खाेप लगाउन केन्द्र सम्म ल्याउनुभयाे हामिले आयाेजना गरेका पाेषर स्तरिय कार्यक्रममा पनि नबिराई उपस्थित हुने गर्नुभयाे। आफु स्वयम् पुगेर सेवा गरेकाे स्थानमा तेति भयपनि परिवर्तन देख्न पाउँदा भने केही खुसि बटुल्न सफल भयझैँ लाग्याे।।

  •                             ******





















Comments