गजल(धाेका दियाे)

काँडाबाट बच्दै थिए फुलले नै धाेका दियाे
आफ्नाे श्रृष्टिनै नासेर कुलले नै धाेका दियाे।।

विश्वास गर्ने मान्छे अनि मन्दिर केही रहेनन्
आधार स्तम्भ मान्दा पुलले नै धाेका दियाे।।

फुल बनेर बिश्वास जित्याे काँडालाई घुरिरहेँ
मायाकाे प्रतीक धारण मुलले नै धाेका दियाे।।

काँडाले त आफ्ना सबै बाचाहरु पूरा गर्याे
विश्वासरुपी तगाराेकाे झुलले नै धाेका दियाे।।



Comments

Post a Comment