गजल
बाध्यतामा उतारिन्छ मजेत्राे चाेखाे तन रहेन
खाेक्राेबन्छ अस्तित्व यहाँ सरल जीवन रहेन।।
छाेरीथिएँ जिद्दिगर्दै कपडा फेरिफेरि लाउथेँ
आज आमा हुँ अब सुहाउदाे पहिरन रहेन।।
तँ पनि मेरै लागि धेरै महङ्गाे रहेछस् जीन्दगी
खुब रमाउनेे आशा सकियाे आश्वासन रहेन।।
प्रगतिचिर्ने काेसिसमा धेरै अघिपछि हुन्छन् रे
दुर्गति चिरिदिने काेहि नहुँदा दुस्मन रहेन।।
रुप,बैँस सबै हुँदा प्रकृति ईर्ष्या गरेझैँ लाग्थ्याे
परिस्थिति अर्कै भयाे त्याे सुन्दर वदन रहेन।।
Comments
Post a Comment