तिम्रो गर्भ तुहाउ आमा(कविता)

गर्भकी छाेरीकाे आह्वान
"तिम्राे गर्भ तुहाउ आमा!"
मलाइ गर्भमै नष्ट गरिदेउ आमा
म जन्मेर बाटाे घाटाेमा हिड्न पाउदिन
मेराे अनुहारमा एसीड छ्यापिन्छ।
मलाई स्वतन्त्र हिड्न पाउने अधिकार छैन
अरु कसैलाइ मन नपराेस् भनेर 
आफ्नाे नितान्त आफ्नाे शरिरकाे 
अंग जसरी हक जमाइन्छ।
त्यसैले 
"तिम्राे गर्भ तुहाउ आमा!"
दाइजाे नहुनु,
श्रीमान तथा बुवा आमाकाे  अल्प आयु 
तथा राेग र दुर्घटना द्वारा अन्त्य 
जीवनकाे आराेपित भागिदार।,
छाेराे नपाउनुमा दाेष,
श्रीमानकाे सेवामा कमि हुनुकाे दाेष
राेग लाग्नुकाे दाेष 
सबै अँगालेर हिड्न सक्दिन।
त्यसैले
"तिम्राे गर्भ तुहाउ आमा!"
कसैकाे याैन तृप्तिकाे भाडाे बन्नु पर्छ
कसैकाे छाेराछाेरी पाउने मसिन बन्नु पर्छ 
अझ चित्त नबुझे छुराकाे धारबाट भाेग लाग्दै 
टुक्रा टुक्रा हुनु पर्छ।
कहिँ जिउदै जल्नु पर्छ
कहिँ डाेरीमा झुण्डिनु पर्छ
कहिँ मुटुमा अनेक ज्वारभाटा बाल्नु पर्छ
कहिँ नदिमा बग्नु पर्छ 
कहिँ अाफ्नाे जीवन आफै सक्नु पर्छ
कहिँ सम्पत्ती माेहमा गड्नु पर्छ
कहिँ बन्द काेठामा सड्नुपर्छ
त्यसैले
"तिम्राे गर्भ तुहाउ आमा!"
कतै अाफ्नै सन्तान भनिदैन 
कतै दिदिबहिनी भनिदैन
कतै बाल बच्चा भनिदैन
कतै बिमारी भनिदैन
कतै बुढेसकाल भनिदैन
छाेरीलाइ हेर्ने नजर बदलिदेैन 
अँह याे समाज कुनै हालतमा बदलिदैन
केटि/महिला नामकाे ट्याग भिरेपछि कतै 
न कतै शाेषित हुनै पर्छ ।
त्यसैले 
"तिम्राे गर्भ तुहाउ आमा!"

स्कुलमा साथी तथा गुरुकाे,
जागिरमा सहकर्मि तथा हाकिमकाे,
बसमा धेरैकाे
बाटाेमा जान अन्जानकाे
घरमा आफ्नै भनिनेहरुकाे 
गिद्धे नजरकाे भाेगी बन्नुपर्छ
विभिन्न ठाउँकाे समाचार बन्नुपर्छ
त्यसैले
"तिम्राे गर्भ तुहाउ आमा!"

बुवाले एसीड छेक्ने माक्स,
छाेरी नकाटिने हतियार,
छाेरी नजल्ने आगाे,
छाेरी नबग्ने नदि
छाेरी नझुन्डाइने डाेरी
छाेरीकाे पक्षमा कानुन
छाेरीकाे आवेश मेट्ने माैका
छाेरीकाे रहर नलाग्ने मन
छुँदा ठेस नलाग्ने शरिर
सबै भन्दा त छाेरी बलात्कृत नहुने उपाय 
केही बनाउन सक्नुहुन्न 
त्यसैले
"तिम्राे गर्भ तुहाउ आमा"!!
तिमी सुरक्षा दिन सक्दिनाै 
किनकि तिमी आफुनै सुरक्षित छैनाै
तिमी आफै पिडित छाै। 
म पनि जन्मदा बित्तिकै सिकार 
भएर तिम्ले जसरी बलिदानी 
दिन सक्दिन।
त्यसैले 
"तिम्राे गर्भ तुहाउ आमा"!!












Comments