Posts

Showing posts from 2019

मुक्तक (हाँसेकै छु भगवान)

तिमिले दर्द दिय पनि हाँसेकै छु भगवान अर्काे पटकलाई आँँसु साँचेकैछु भगवान तिमिले त पिडा  शिवाय केही दिन सकेनाै एक मुठी सासमा पनि बाँचेकैछु भगवान।।

गजल

मुटुकाे कुनामा तिम्राे  लागी प्यार छ सपनाकाे महलरुपी सानाे घरबार छ।। हाम्राे प्रेमकाे जालमा अनेकाैँ याेजना अनि सुन्दरताले भरियकाे दिवार छ।। विश्वास नै सबैथाेक हाे भन्ने भनाईमा हाम्राे भविष्यकाे याेजनानै दमदार छ।। तिमी रमाउनु म पनि सँधै साथ दिन्छु  हाम्राे सम्बन्धमा धेरै मिठाे आहार छ

गजल(तयार भएँ)

आफ्नै रगत बाँडेर भर्न  तयार भय सन्तानकाे लागि म मर्न तयार  भय।। रित्तियर आफु उसलाई जीवन दिने अंशकाे नाउँमा बिज छर्न तयार भएँ।। नहुँदा सम्म अपुर्णकाे निराशा मनमा तेसैले त हर प्रयास गर्न  तयार भएँ।। उसकाे खुसी आफ्नाे लाग्ने  खेल  याे तेसैलेनै गाउँबाट बेसी झर्न तयार भएँ।।

गजल

के छ भन तिम्राे मेराे सम्बन्धकाे खास  के छ भन आकर्शित नै भय म त पास के छ भन।। तिमिसँगै जीवन जीउने मन भयाे मलाई त्याे मनमा भरिएकाे आश  के छ भन।। सधैँ  सँगै बसाैँला तिमी राजी हुने भय याे सम्बन्ध अघि सार्दा नास के छ भन।। बाजिराखाैँ मायामा कसकाे हारजित हुन्छ बढ अघि त्याे राख पत्ति तास के छ भन।।

गजल (तर्किएर गयाै)

प्रेमकाे दियाे बलेकै थियाे तिमी तर्कियर गयाै बाेलीमा मिजास त कता अझ झर्कियर गयाै।। त्याे दिलकाे बगैँचामा अर्कै  फुल फुल्याे क्यारे अनायासै तिमी हाम्राे बाटाेबाट फर्कियर गयाै।। बुनेका सपनाहरु झुटा साबित भय हाम्रा अब ती कल्पनाहरु कुल्चिदै तेसमा लर्कियर गयाै।। कमि सायद धेरै भय मेरा जुन पूरा गर्न  सकिन तेसैले बिना गर्जनकाे वर्षातबनी दर्कियर गयाै।। जीवन भर साथ दिने हाम्राे मनकाे महललाई सजाउनै नदियर आज यसरी चर्कियर गयाै।।

गजल (के गर्छाै??)

के गर्छाै के गर्छाै तिमिलेझै मैले मन पराएँ भने तिमीले झैँ मायालु पारामा कराएँ भने!! मन्द मुस्कानकाे बिज तिमिलाई राेपेर ती लाेभी नजरहरुका साथ हराएँ भने!! जुनि जुनिकाे कसममा पारिदियर पनि कमाइखाने उपायमा समुन्द्र तराएँ भने!! हामीले चालीस कटेर रमाउने कुरा गर्दा मैले यी आँखामा जलसेचन गराएँ भने!! अनगिन्ती सपनाकाे संगालाे गराउँदै हाम्राे ती आँखामा  पिडाकाे आँसु भराएँ भने!!

गजल( जीएर त हेर)

Image
जीवन बाँकी छ अझै  जीयर त हेर च्यातियका सपनाहरु सियर त हेर!! यक पटककाे धाेकाले पाठ सिकाउँछ जान चाहनेलाई बाटाे  दियर त हेर!! बिसपनि कुनै ठाउँमा अमृत बनिदिन्छ तेसैलाई नै अमृत मानी पियर त हेर !! एक गरिब तिमिलाइ मुस्कान दिँदैछ उसकाे मिठास महशुसमा लिएर हेर

मुक्तक

माया तिमी आफै भन्छाै भने मुल  हाे माया जिन्दगी सवार्ने  एक पुल  हाे माया!! नभन्नु सबै सँग हुन सक्छ भनेर फेरि अन्जानमै हुने सुन्दर फूल हाे माया!!

मुक्तक

भाेकाे पेट भाेकाे पेटले अरु नमागी दाना माग्छ पेटभर्ने ओखती हरुकाे माना माग्छ।। काम नगरि मुखमा माम पुग्दैन हजुर कमसेकम दुई छाक त खाना माग्छ।।

गजल (तीन सेर)

तिम्राे सामिप्यतामा सँधै बाेलीरहुँ लाग्छ मनका अनगिन्ती पीडा खाेलीरहुँ लाग्छ।। भाे यति धेरै माया नदेखाउ अब तिमीले मायाकाे बिज सँधैलाई घाेलीरहुँ लाग्छ।। सधै सँगै हुन पाउने आशा देखेपछि यहाँ साथकाे लागि हरेक दुख माेलीरहुँ लाग्छ।।

गजल

मन  सँग  मनलाई  साटेर  हेर बैँसकाे  आभाष  छाँटेर  हेर!! बादलझैँ  उडेका  सपना  साँची मायाकाे मिठाे डाेरी बाटेर हेर!! मिठा  सपनाकाे महल बनाउँला म सँग केही पल त काटेर हेर!! जिन्दगी यसै रमेर जाँदैन भन्छाै बिचार गर्न आत्मालाई ढाँटेर हेर!! तर्किने  बाहना नबनाउ न  तिमि सफल रहन्छाैँ पक्का आँटेर हेर!! पूर्णिमा सापकाेटा सुर्खेत  

गजल(तीन सेरमात्र)

याे दिलकाे राजा तिमी हुन नखाेज प्रेमकाे बाणले मनमुटु छुन नखाेज!! तिमी र मेराे दुबैकाे शहर  फरक  छ मेराे अदृश्य  मनलाई धुन नखाेज !! सपनामै पनि कब्जा गर्न थाल्याै  अब मनकाे महशुस भन्दैअब रुन नखाेज!!

गजल

दिलले  यउटा दिमाखले अर्कै भन्नपाे थाल्याे दिलभित्रका धड्कन  समेत गन्न पाे थाल्याे!! भकारीमा माया छ त भनेकै छैन  मैले तर भरियकाे माया काउकुतीले खन्नपाे थाल्याे!! पलपलमा झझल्काे आइदिन्छ यसरी किन मनमा तिम्राे  राज महल  नै बन्नपाे थाल्याे!!