गजल

मन  सँग  मनलाई  साटेर  हेर
बैँसकाे  आभाष  छाँटेर  हेर!!

बादलझैँ  उडेका  सपना  साँची
मायाकाे मिठाे डाेरी बाटेर हेर!!

मिठा  सपनाकाे महल बनाउँला
म सँग केही पल त काटेर हेर!!

जिन्दगी यसै रमेर जाँदैन भन्छाै
बिचार गर्न आत्मालाई ढाँटेर हेर!!

तर्किने  बाहना नबनाउ न  तिमि
सफल रहन्छाैँ पक्का आँटेर हेर!!

पूर्णिमा सापकाेटा
सुर्खेत
















 

Comments